बाइडेनको सपथ समारोहमा लेडी गागा र जेनिफर लोपेजको प्रस्तुती हुने
एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् । जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा अर्को हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । जेनिफरको भूमिका के हो भन्ने बारेमा केही खुलाइएको छैन तर लोपेजले संगीत प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । राष्ट्रपति चुनेका बाइडेन र उप-राष्ट्रपति चुनेका कमला ह्यारिसले २० जनवरीमा युएस क्यापिटलको वेस्ट फ्रन्टमा शपथ लिनेछन् ।
गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति ट्रम्पलाई हराउँदै बाइडेन निर्वाचित भएका थिए ।