मुख्य मन्त्री शेरधन राइको बिहे मिस मंगोलसँग
काठमाडौँ- अन्तत प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो । ४८ वर्षीय मुख्यमन्त्री राईको अनुसार विवाहको कुनै तयारी थिएन, आकस्मिक रुपमा तय भयो । पारिवारिक स्रोतको अनुसार केटी पक्षका परिवार अमेरिकामा बस्छन् । मुख्यमन्त्री राईसंग विवाह गर्न लागेकी युवती सामाजिक कार्यमा संलग्न छिन् ।
मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए । स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ । काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ ।
२०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा राई कान्छो सांसद थिए ।