काङग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ । कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । हेलिकप्टरलाई पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा फोर्स ल्यान्डिङ गरेको कुरा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी गराएको छ ।
देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सवार थिए । गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।