अमेरिकी फुटबल (NFL) प्रशिक्षक बिल बेलिचिकले डोनाल्ड ट्रम्पले दिने राष्ट्रपतीय पदक नलिने घोषणा

अमेरिकी फुटबलका सबैभन्दा सफल मानिएका प्रशिक्षकले राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदान गर्ने राष्ट्रपतीय मेडल नलिने घोषणा गरेका छन् । न्यू इङ्ग्ल्यान्ड प्याट्रिअटका प्रशिक्षक बिल बेलिचिकले संसद्‌मा भएको घटनाका कारण अमेरिकी नागरिकले पाउने सबैभन्दा उच्च ‘प्रेजिडेन्शल मेडल अफ फ्रीडम’ नलिने बताएका हुन् ।

यसअघि बेलिचिकले सो पदक पाउने खबरले सुरुमा खुसी लागेको तर गत साता ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाले आफूले नलिने निर्णय गरेको बताए । गत हप्ता ट्रम्प समर्थकहरुले क्यपिटोल (सन्सद) भबनमा गरेको हुलदङगामा पाँच जना मनिसको मृत्यु भएको थियो ।

बेलिचिकले विज्ञप्ति जारी गर्दै भनेका छन्- “हालैमा मलाई प्रेजिडेन्शल मेडल अफ फ्रीडम प्रदान गरिने खबर गरिएको थियो र मलाई यसअघि उक्त मेडल पाएका व्यक्तित्वहरूप्रति मेरो सम्मानका कारण खुसी लागेको थियो,” तर “त्यसपछि गत साताको दुःखद घटनाहरू भए र यो सम्मान सम्बन्धमा अगाडि नबढ्ने निर्णय गरेँ ।”

छवटा सुपर बाउल उपाधि जितेका बेलिचिक अमेरिकी फुटबल लीग एनएफएल इतिहासमा सबैभन्दा सफल प्रशिक्षिक मानिन्छन् । प्रेजिडेन्शल मेडल अफ फ्रीडम ‘अमेरिकाको सुरक्षा वा राष्ट्रिय स्वार्थमा’ उत्कृष्ट योगदान दिएका व्यक्तिलाई दिने गरिन्छ ।

सन् २०१९ मा ट्रम्पले यो मेडल गल्फ खेलाडी टाइगर वुड्स र स्वर्गीय एल्भिस प्रेज्लीलाई प्रदान गरेका थिए ।

स्रोत- बिबिसी