कोरोना माहामारी शुरु भए यता बेलायतमा दैनिक मृत्‍यु हुनेको सन्ख्या आज सबै भन्दा धेरै, एकै दिनमा १३२५ जनाको मृत्‍यु

कोरोना माहामारी शुरु भए यता बेलायतमा दैनिक मृत्‍यु हुनेको सन्ख्या आज सबै भन्दा धेरै कोरोना बिरामीहरुको मृत्‍यु भएका छन । आज कोरोना सन्क्रमित मध्ये १३२५ जनाको एकै दिनमा मृत्‍यु भएका छन भने थप ६८,०५३ नयाँ सन्क्रमण भएका छन । इङल्याण्ड जनस्वास्थ्य बिभागले यदी कोरोना फैलवाटलाई नरोक्ने हो भने स्थिती झन भयबह हुनसक्ने कुरा अडकल गरेका छन । यसै जनस्वास्थ्य बिभागले आज अर्को अमेरिकी कम्पनीद्वारा उत्पादन गरेको कोरोना बिरुध्दको खोप मोडोर्नालाई पनि आपतकालीन प्रयोगको लागि स्वीकृति गरेको छ झन्डै १७ मिलियन फ्लु ज्याब माग गरिएको छ । फाइजर र अक्सफोर्डको पछी बेलायतले प्रयोगको लागि अनुमोदन गरेको मोडोर्नाको खोप तेस्रो खोप हो । यस अघिको फाइजर-बायोटेक र अक्सफोर्ड-एस्ट्राजेनेका खोप ब्रिटेनमा लगभग १५ लाख मानिसहरू लगाइसकेका छन ।

इङल्याण्ड जनस्वास्थ्य बिभागको प्रमुख, डाक्टर विलियम वेलफेयरले “यस भाइरसको कारण प्रत्येक मृत्‍यु हाम्रो लागि ज्यादै दुःखद हो, तर दुःखको कुरा यदी हामीले यस भाईरसको फैलावटलाई नरोक्ने भने यसबाट मृत्‍यु हुनेहरुको सन्ख्या अझ बढन सक्छ । अर्को कुरा यस भाइरसबाट सन्क्रमित भएका तीन जना मध्ये एक जनालाई कुनै लक्षण नदेख्ने भएकोले आफुलाई कोरोना सन्क्रमण छ भनी थाहा नहुँदा नजनिदो किसिमले भाईरसलाई फैलाईरहेका हुन्छौ । उहाले भन्नुभयो- “हाम्रा प्रियजनहरूलाई जोगाउन सकेसम्म वा सम्भव भएसम्म घरमै बस्न आवश्यक छ । यसले भाईरस फैलिनबाट रोक्छ र यसले नयाँ संक्रमणलाई कम गर्दछ । साथै एनएचएसमा चाप कम गर्दछ र ज्यान बचाउँछ।”

यसैबीच, लन्डनको मेयर सादिक खानले राजधानीमा कोविडको फैलावट “नियन्त्रण भन्दा बाहिर” भएको बताउदै “ठूलो दुर्घटना” हुन सक्ने कुरा औल्याएको छ । यसको मतलब आपतकालीन सेवाहरू र अस्पतालहरूले सामान्य परिस्थितीमा जस्तो नियमित सेवाहरु दिन सक्ने ग्यारेन्टी गर्न सक्दैन र विशेष प्रबन्धहरू मिलाउनुपर्ने वा कार्यान्वयन गर्नुपर्ने अवस्था आउनसक्छन भनेको छ ।

यस अघि उच्चतम दैनिक मृत्यु हुने संख्या पहिलो पटकको लकडाउनको बेला गत २१ अप्रिल २०२० मा १२२४ जनाको मृत्‍यु भएको थियो । यूकेमा गत सेप्टेम्बर महिनामा सबैभन्दा थोरै सन्ख्यामा (एकल तथ्यान्कमा) कोरोनाबाट मृत्‍यु भएको थियो ।