टेस्ला कम्पनीको सिईओ इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्ति

लण्डन । टेस्लाको शेयर मुल्या उकालो लागे सँगै यस कम्पनीका सीईओ इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् । मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ । बेजोसको पारपाचुके भएकाले अनि उनले नोभेम्बर महिनामा ६८ करोड डलर दान गरेकाले पनि सम्पत्ति घटेको हो । इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।

यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । सन् २०२० मा लगभग २७ अर्ब डलर सम्पत्तिका साथ वर्ष शुरू गरेका मस्कले तीव्र गतिमा १५० अर्ब डलरभन्दा बढी रकम थपे । इतिहासमै यति छिटो कसैले सम्पत्ति जोडेको छैन । दक्षिण अफ्रिकामा जन्मेका मस्कले टेस्लाबाहेक स्पेस एक्समा पनि ठूलै हिस्सेदारी छन् । त्यसैले पनि उनको सम्पत्ति बढाउन योगदान गरेको हो ।

व्यापारमा सफल बन्न इलोन मस्कले अपनाएका सफलता सूत्रहरू:-

१. यो पैसासँग सम्बन्धित होइन
२. आफ्नो इच्छालाई पछ्याउनु
३. ठूलो कुरा सोच्न नडराउनु
४. खतरा मोल्न तयार हुनु
५. आलोचकको बेवास्ता गर्नु
६. आफैँमा रमाउनु

स्रोत- बि.बि.सी नेपाली