अमेरिकी राष्ट्रपती ट्रम्पको फेसबुक, ट्विटर र यूट्युब एकाउन्ट निलम्बन

अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर, फेसबुक र यूट्युब एकाउन्ट निलम्बन गरिएका छन । त्यस्तै गरी ट्रम्पको इन्स्टाग्राम अकाउन्टमा पनि अस्थायी रुपमा प्रतिबन्ध गरेको छ ।

स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे । उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’ समर्थकहरूले संसद् भवनमा आक्रमण गरिरहँदा ट्रम्पले उनीहरूलाई घर जान आग्रह गरेका थिए तर उनीहरूको पीडा बुझेको बताए । अनि चुनावमा धाँधली गरिएको भन्ने आफ्नो झूटो दाबी दोहोर्‍याए । राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए । त्यस लगतै ट्वीटरले ती ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा गरेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।

फेसबूक र ट्विटरमा ट्रम्पले आफ्नो समर्थकहरूलाई सम्बोधन गरेको भिडियो हटाइएको छ । ट्रम्पको अकाउन्टलाई १२ घन्टाका लागि लक गरेको भनी ट्विटरले जानकारी दिएको छ । हिंसा भड्काउन उत्प्रेरित गर्ने ट्वीट नहटाएमा अकाउन्ट बन्द गरिरहने ट्विटरको भनाइ छ । नागरिक मर्यादा वा हिंस्रक चेतावनी जस्ता नीतिको उल्लंघन गरेमा ट्रम्पको अकाउन्ट पूरै बन्द गरिदिने ट्विटरले जनायो । फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाइ २४ घण्टाका लागि कुने अपडेट गर्न राेक लगाएकाे छ ।