तमु धी लण्डन इकाइको नयाँ कार्यसमिती गठन, अध्यक्षमा बिष्णु गुरुङ र महिला प्रमुखमा श्रीमती कमला गुरुङ
बेलायतमा गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो र पुरानो संस्था तमु धी यूकेको प्रमुख इकाइ मध्ये एक लण्डन इकाइको नयाँ कार्य समिती गठन भएको छ । लकडाउनको कारण भौतिक रुपमा बैठक गर्न नमिल्ने भएपछी जूम मार्फत १३ औं वार्षिकोत्सव तथा अधिवेशनको अबसरमा सम्पूर्ण कार्य समिती सर्बसहमतिमा चयन गरिएको हो । जस अनुसार इकाईको अध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । बेलायतको बिभिन्न संघसंस्था सँग आबध्द बिष्णु अर्को नेपाली संस्था बर्न्ट ओक नेपाली समाजको पनि अध्यक्ष हुनुहुन्छ । त्यस्तै गरी निबर्तमान महासचिब भरत गुरुङ पदोन्नती भएर प्रथम उपाध्यक्ष हुनुभएको छ भने अन्य उपाध्यक्षहरुमा ललितमान गुरुङ र बेन कुमार गुरुङ चयन भएका छन । त्यस्तै गरी बिकास (रक) गुरुङ महासचिब, नन्द गुरुङ कोषाध्यक्ष र प्रेमराज गुरुङलाई सहकोषाध्यक्षमा चयन गरिएको छ । संस्थाको निबर्तमान आमा समुह प्रमुख वा अधक्ष्य श्रीमती दिलमाया गुरुङलाई “अन्तर संस्था सम्बन्ध” समयोजकमा नियुक्त हुनुभएको छ ।
त्येस्तै गरी इकाइको संचार (मिडिया) सेक्रेटरीमा सुशील गुरुङ, सास्कृतिक (कल्चरल) सचिबमा कुमार गुरुङ, सम्पत्ति तथा जिन्सी (प्रोपर्टी) सचिवमा जगत गुरुङ, खाना तथा विभेरेज ब्यवस्थापन समितिको प्रमुखमा नारायण गुरुङ र प्रकाश गुरुङ, कार्यक्रमहरु हुँदा सजावट (डेकोरेशन) गर्ने समितिको जिम्मा दशरथ गुरुङले पाएका छन् । त्यस्तै संस्थाको युवा संयोजकमा अभियान गुरुङ, युवा सहसंयोजकमा पुकार गुरुङ, र युवा सदस्यहरुमा- जेनिका गुरुङ तथा अनुपमा गुरुङ चयन हुनुभएको छन् ।
संस्था भित्रको अर्को प्रमुख समुह- आमा समुहको अध्यक्षमा श्रीमती कमला गुरुङ चयन भएकी छिन् भने उपाध्यक्षमा क्रमश: श्रीमती देवकला गुरुङ र श्रीमती विनु गुरुङ चयन हुनुभएका छन । त्यस्तै आमा समुहको महासचिवमा गुना गुरुङ, कोषाध्यक्षमा गुड्डु गुरुङ, कार्यक्रम संयोजकमा हेलिशा गुरुङ, स्वास्थ्य तथा सुरक्षा सचिबमा समिक्षा गुरुङ, कार्यक्रम सञ्चालक सन्जु घले, सहसञ्चालक सजिना गुरुङ तथा सास्कृतिक सचिवमा कुमार गुरुङ र सहायक संस्कृति सचिवमा मिना गुरुङ चयन भएका छन् ।
उल्लेखित सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतीमा निर्बिरोध चयन भएका हुन । यसअघि संस्थाका बरिष्ठ सल्लाहकार क्याप्टेन प्रेम गुरुङको अध्यक्षतामा ट्रस्टिज तथा निवर्तमान अध्यक्ष दिपक गुरुङ, ट्रस्टिज नारायण गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष हुम कुमारी गुरुङ तथा सल्लाहकार कमला गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही निर्वाचन समितिले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितीले आजैबाट (जनवरी २ तारिख, २०२१ साल शनिबार देखी) कार्यभार सम्हाल्ने छ । यस कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।
२००७ सालमा बिधिबद स्थापना भएको यस संस्था, बेलायतको नेपालीहरु माझ एउटा सुसंगठीत परोपकारी संस्थाको रुपमा पारीचित छ । नब निर्बाचित अध्यक्ष बिष्णु गुरुङले खुशी हुँदै यस एकाइलाई अझ सशक्त रुपमा अगाडि लैजाने कुरा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लण्डन बरो अफ बार्नेटको उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङ, एनारएनए यूकेको अध्यक्ष श्रीमती पूनम गुरुङ, तमु धी यूकेको अध्यक्ष हितकाजी गुरुङ र तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुभकामना मन्तव्य सहित नयाँ कार्यसमिति लाई बधाई अनि सफल कार्यकालको शुभकामना दिनुभएको थियो । साथै कार्यक्रममा तमु धि लण्डन इकाईले हरेक बर्षहरुमा जस्तै यस् बर्ष पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने क्या. प्रेमबहादुर गुरुङ र स्वर्गीय चेत प्रसाद गुरुङलाई पर्सनलिटी अवर्डबाट सम्मान गरिएको छ ।
स्मरण रहोस्- यसअघि इकाईको अध्यक्षमा चन्द्रबहादुर गुरुङ र आमा समुहको प्रमुखमा/अध्यक्ष श्रीमती दिलमाया गुरुङ हुनुहुन्थ्यो ।