NRNA यूके महिला बिभागले नारी सशक्तीकरण र नेत्रित्व शिर्षकमा जूम कार्यक्रम सम्पन्न

लण्डन । एनआरएनए यूके महिला बिभागले महिला सशक्तीकरण र नेत्रित्व शिर्षकमा नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको उपस्थितीमा जूम कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए यूकेको महिला समयोजक नर्स प्रसुन्न कडेलको समयोजकता र सहजीकरणमा सम्पन्न उक्त कार्यक्रमको शुरुवातमा एनआरएनए यूकेको महिला उपाध्यक्ष रोजिना प्रधान राइले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमै सहजीकरण गर्नुभएका नर्स प्रसुन्न काडेलले नेपालको सन्दर्भमा तथ्यान्क सहित महिलाहरुको सामाजिक तथा शैक्षिक अवस्थालाई छोटकारीमा जानकारी गराउनु भएको थियो । त्यस्तै एनआरएनए आइसीसी महिला समयोजक होमा लिम्बुले समग्रमा एनआरएनएले महिला सशक्तिकरण र नेत्रित्व बिकास लागि एनआरएनए यूकेले गरीराखेको कार्यहरुबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो । समाजमा रहेका महिला सम्बन्धी बिभिन्न बिक्रिती, लैङिग बिभेद र असमानताबारे एनआरएनए महिला बिभाग सचेत रहेको र यस किसिमको बिक्रिती र समस्या समाधान गर्नेतर्फा एनआरएनए महिला बिभागले सकेको प्रयास गरिराखेको कुरा अबगत गराउनुभयो ।

कार्यक्रममा अतिथी बक्ताको रुपमा सहभागी मिस नेपाल २०१८ तथा युवा अभियान्त अनि अधिकारकर्मी स्रिन्खला खतिवडाले बिशेष गरेरा महिला शिक्षा, राजश्वला जस्ता सामाजिक बर्जित/बिक्रितीहरु taboo हटाउनुपर्ने र महिलालाई आर्थिक रुपमा पनि त्यत्तिक्कै सक्षम बनाउनुपर्ने कुरा जोड गर्नुभयो । त्यस्तैगरी ब्लाइण्ड रक नेपालको संस्थापक युवा बक्ता स्रिष्टी केसीले समाजमा महिलालाई उपेक्षित गर्ने काम घरदेखी नै सुरु हुने र महिलाको क्षमतालाई अवमुल्यन गर्ने काम कसैले गर्नुहुन्न भन्नु भयो । साथै शारीरिक अपाङ्गता भएका ब्यक्तीहरुको लागि परिस्थिती झनै गार्हो भएको कुरा औल्याउनु भयो । त्यस्तै गरेर कार्यक्रमको अर्को युवा बक्ता साउदी अरबबाट जस्मिन सयिदले नेपाली समाजमा महिलालाई हेर्ने दृष्‍टिकोण वा माइण्ड सेट नै परिवर्तन गर्नुपर्ने कुरा बताउनुभयो । जस्मिनले आफु पाइलाट बन्छु भन्दा त्यसलाई मानिसहरुले सामान्यकरण गरेर महिला पनि पाइलाट बन्न सक्छ?? भन्ने जस्तो धारणा ब्यक्त गरेको आफ्नो अनुभब सुनाउनुभयो । अर्को कुरा महिला जती पढेलेखेको भएपनी आखिर अर्काको घर जाने अथवा घरको कामकाजी मै ब्यस्त हुनुपर्ने जस्तो धारणा हुन्छ भन्नुभयो । साथै इ-लर्निङ जस्तो सुचना प्रबिधितर्फ पनि महिलाहरुलाई ब्यस्त बनाउनु पर्ने र सिकाएमा राम्रो हुने कुरा बताउनुभयो । कार्यक्रममा कलरफुल स्याडोजको अनुजा गौतमले महिलाको समसामायीक महत्वपूर्ण मुध्दालाई उठान गर्नुभएकोमा र आफुलाई नि केही भन्ने मौका दिनुभएकोमा आयोजकहरुलाई हार्दिक धन्यवाद दिनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो

त्यस्तै गरेर कार्यक्रमको प्रमुख अतिथी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलिय कुमारी महतोले समाजमा रहेको वा देखेको लैङिक बिभेद, बिक्रिती र समस्याहरुबारे मन्त्रालय जानकारी नहुने कुरै भएन, महिला सशक्तिकरण अनि नेत्रित्व सम्बन्धी मन्त्रालयले सकेको कोशीस गरीरहेको कुरा बताउनुभयो । साथै मन्त्रीले महिला सशक्तिकरणको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबध्दता जनाउनु भयो । समाजमा प्रचलित बिभिन्न रुढिबादी सोंच र भौगोलिक कारणहरुले गर्दा कतिपय बिक्रिती र समस्याहरु चाहदा चाहदै पनि समाधान गर्न नसकेको कुरा बताउनु भयो ।

कार्यक्रममा महिला अभियान्त तथा प्राज्ञीक ब्यक्ती डाक्टर मिना पौडेलले महिला शाक्षर सँगै सक्षमको कुरा पनि महत्वपूर्ण रहेको र महिलाहरुलाई साक्षर र सक्षम दुबै बनाउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको अन्त्यमा एनआरएन यूकेको अधक्ष्य श्रीमाती पूनम गुरुङले कार्यक्रममा उठान गरिएको बिषयहरु समसामायीक भएको तथा धेरैथोर हामीलाई जानकारी भएकै कुरा हो भन्नुभयो । महिला सशक्तीकरण र नेत्रित्व बिकासको लागि आफ्नै उध्दाहरण दिनुहुँदै श्रीमती पुनम गुरुङले सर्बप्रथम त ब्यक्ती आँफैले इछ्च्या र कोशीस गर्नुपर्ने जोड दिनुभयो । यस्तो राम्रो कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा अङग्रेजी नयाँ बर्षको शुभकामना दिनुहुँदै कार्यक्रम समापन गर्नुभयो ।