अग्रता जोगाउन नसक्दा शिर्ष स्थानका क्लबहरुले बराबरी खेल खेले

इङ्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस हप्ता भएका खेलहरुमा शिर्ष स्थानमा रहेका प्राय क्लबहरुले बराबरी खेल खेलेका छन । म्यान्चेस्टर युनाइटेड, लिभरपूल र टोटनहयामले बराबरी खेल खेलेका हुन ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल वेस्टब्रुमसँग बराबरीमा रोकिएको छ। एनफिल्डमा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले घरेलु मैदानमा अंक बाँडेको हो । खेलको १२ औं मिनेटमा साडियो मानको गोलमा अग्रता लिएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। तर दोस्रो हाफको अन्तिम समयमा वेस्टब्रुमका सेमी अजायीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै गरी टोटेनहमले पनि बराबरीमा खेल खेल्यो । गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपर पनि बराबरीमा रोकिएको छ। मोलिनिउक्स स्टेडियममा भएको खेलमा टोटेनहमले खेलको पहिलो मिनेटमै टानगाइ एनडोम्बेलेको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका रोमेन साइसले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

बराबरीमा रोकिएसँगै शीर्षस्थानमा रहेको लिभरपुलको १५ खेलबाट ३२ अंक छ। त्यस्तै टोटेनहम समान खेलबाट २६ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ। त्यस्तै वेस्टब्रुम ८ अंकसहित १९ औं स्थानमा छ भने वुल्भ्समा २१ अंकसहित ११ औं स्थानमा छ ।