फ्रान्स र बेलायतबिचको पारबाहन बिस्तारै सुचारु
लण्डन । फ्रान्सले बेलायतबाट आउने मालबाहक ट्रकहरुलाई आउनदिने भएपछी आज आपरन्हबाट पारबाहन बिस्तारै सुचारु भएको छ । फ्रान्सले आफ्नो सीमा खोलेपछि केन्टबाट ट्रकहरू फ्रन्स र अन्य युरोपियन देशहरुतर्फ लाग्दैछन । बेलायतमा देखिएको नयाँ भाईरस आफ्नो देशमा नभित्रियोस भनी फ्रान्सले अस्तिबाट ४८ घण्टाको लागि यूकेबाट मालबाहक ट्रकहरु आउन प्रतिबन्ध गरेको थियो । जसको कारण बेलायतको केन्ट स्थित मन्स्टन एयरफील्डमा ३८०० लरीहरू अवरुद्ध भएका थिए । दुइ देश बिच बुधबार सहमती भए सँगै यी मालबहक लरीहरुलाई आफ्नो गन्तब्यमा जान सहज भएका थिए । सहमती अनुसार लरी ड्राइभरहरुले कोरोना परिक्षण गरी नेगिटिभ हुनुपर्नेछ ।
बन्दका करण उक्त क्षेत्रमा लरी ड्राइभरहरु र प्रहरीबिच झडप भएको थियो । यस क्रममा यातयात मन्त्री ग्रान्ट श्याप्सले उक्त क्षेत्र (केन्ट) भएर यात्रा नगर्न आग्रह गरेका थिए । बेलायतमा देखिएको नयाँ भाइरसको झन्डै ५० भन्दा देशहरूले बेलायतबाट यात्रा गर्न प्रतिबन्ध लगाएका छन र अनिबार्य क्वारिन्टिन बस्नुपर्ने भएका छन ।
लरी ड्राइभरहरुको कोरोना परिक्षणको निम्ती त्यस क्षेत्रमा थुप्रै सैनिकहरू परिचालित गरिएको छन र जसले हजारौ फँसेका लरी चालकहरूको द्रुत कोरोना परीक्षण गर्न गरिरहेका छन । कम्युनिटी मन्त्री रोबर्ट जेनरिकले उक्त ब्याकलग सकिन्न वा समाधान हुन “केहि दिन” लाग्ने कुरा बताएको छ ।