युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मको उपस्थितिमा “गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान” शिर्षकमा NRNA युवा समितिले भर्च्युल कार्यक्रम सम्पन्न

ईन्द्र घोथाने ।

लण्डन । ‘गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर यूरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुले संयुक्त रुपमा युवा सम्बन्धी समसमयिक बिषयमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार बिश्वकर्माको प्रमुख उपस्थितिमा आज डिसेम्बर १९ तारिख शनिबारका दिन एउटा भर्च्युल अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा ब्लाइन्ड रक्सकी संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमलाई निमत्रणा गरिएको थियो । दुबैजना बक्ताहरुले उहाहरु स्वयमले भोगेक अनुभबहरु शाहीत भाबुक तथा प्रेरक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । आफ्नो प्रस्तुति राख्दै अनुजा गौतमले महिला भएकै कारण त्यसमा पनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृश्टिकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिनुपर्ने औंल्याइन् । उनले सन् २०१६ मा स्थापना गरिएको कलरफुल स्याडोज २०१६ कै एनआरएनको युरोपियन भेलामा प्रस्तुत गरेको प्रस्तुतिकणबाट पाएको माया सदा रहिरहने भन्दै बताइन् । जीवन मरण एउटा चक्र भएको र युवाहरुको तीन वटा सी (च्यालेन्ज, चान्सेज र चेन्ज)ले युवाहरुलाई अवसर प्राप्त हुनेमा दुई मत नरहेको र युवा एकतामा बल हुने भन्दै युवाहरुमा मन र मुटु देखिने सपना देख्न ब्लाइन्ड रक्सकी सृस्टि केसीले आग्रह गरिन् ।

कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले नयाँ नेपाल निर्माणमा युवाहरुको सहभागितामा अपरिहार्य रहेको बताए । युवाहरुले आ–आफ्नो सीप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह गर्दै नेपाल सरकारले युवाहरुका लागि अवसरका सिर्जनाहरु गरेको जनाकारी गराए ।

युरोपका विभिन्न देशका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको शुरुवातमा एनसीसी आयाल्र्यान्ड्सका अध्यक्ष मिलन छन्त्यालले स्वागत मन्तब्य दिनुभएको थियो भने एनआरएन आईसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका राजदूत युबनाथ लम्साल, एनआरएन आईसीसी युवा संयोजक हिमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता एनसीसीका यूकेको अध्यक्ष पुनम गुरुङले गरेकी थिइन । नेपाली समय १७ः४५ मा सुरु भएको कार्यक्रमको सञ्चालन अष्ट्रियाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए । कार्यक्रममा कलरफुल स्याडोजको प्रोजेक्टको लागि केही आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ ।