लण्डनमा थियटरहरु पुन: बन्द हुँदा रङ्गकर्मीहरु र कलाकर्मीहरु आर्थिक मारमा

बेलायतका रङ्गमञ्चहरूलाई पुन: ठूलो झट्का लाग्ने खबर सार्वजनिक भएको छ। कोभिड-१९ संक्रमणको संख्या बढ्दै जाँदा अवस्था नियन्त्रणमा ल्याउन त्यहाँका रङ्गमञ्चहरूलाई बन्द गर्न निर्देशन दिइएको हो । केही नाटकघरहरूमा गत दुई साताअघि देखि मात्र प्रदर्शन सुरु गरिएको थियो ।

लण्डनको रङ्गमञ्चहरूको संघले यस निर्णयले ‘भयावह आर्थिक संकट’ सिर्जना हुने जनाएका छन्। रङ्गमञ्च, निर्माता र हजारौं कामदारहरूको जनजीवन प्रभावित हुने जनाइएको छ । त्यहाँको संस्कृति सचिव ओलिभर डावडेनले भनेका छन्,’यस निर्णयको असर व्यापक छ भन्ने थाहा छ। तर, सरकारले कोभिड-१९ विरुद्ध तत्काल कदम चाल्न आवश्यक छ।’ जारी निर्देशनका अनुसार मङ्गलवार अर्को सूचना नआएसम्मका लागि अन्तिम प्रत्यक्ष प्रस्तुति हुनेछ । यसअघि सीमित दर्शकसहित प्रस्तुतिका लागि अनुमति दिइएको थियो ।

थिएटर ट्रस्टका निर्देशक जोन मोर्गनले निर्देशनले रङ्गमञ्च र कला क्षेत्रमा ठूलो क्षति पूर्‍याउने बताएका छन् । बीबीसीसँग भनेका छन्, ‘थिएटरहरूले सामाजिक दूरी कायम गरी कार्यक्रमलाई निरन्तरता दिएका थियौं। केही राहत महसुस भएको थियो। तर फेरि बन्द गर्नुपर्दा हामी यसबाट आइलाग्ने आर्थिक विपतको अनुमान गर्न सक्दैनौं ।’ यसअघि त्यहाँका कलाकार संघले कलाकारहरुको जागिर र कार्यस्थल जोगाउने योजना नबनेसम्म यस्ता निर्देशन अर्थहिन बन्ने जनाएको थियो। बर्मिङ्ह्याम हिप्पोड्रोम र यूके थिएटरका प्रमुख फियोना अलनले पनि भनेकी छिन्,’यो निर्देशिका व्यवहारिक छैन। हामीले रङ्गकर्मी एवं कलाकारको काम कसरी जोगाउने, थिएटर कसरी टिकाउने, कम्पनी कसरी सञ्चालित राख्ने भन्ने बारे योजना बनाउन समय पाउनु पर्छ ।’

बेलायतमा रङ्गमञ्च एवं अन्य प्रस्तुति स्थलहरु मार्च देखी प्रभावित छन्।

स्रोत- बि.बि.सी