लण्डन लगायत वरीपरीको क्षेत्रहरुमा नयाँ स्वरुपको कोरोना भाइरस

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस भेटिएको दाबी गरिएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले इंग्ल्यान्डको ६० भन्दा बढी स्थानीय तहमा कोभिड १९ भाइरसको ‘परिवर्तित रुप’ बाट संक्रमण फैलिएको पाइएको बताएका हुन् । उनले यस विषयमा विश्व स्वास्थ्य संगठनलाई सूचना दिइएको र थप अध्ययन भइरहेको समेत बताएका छन् । हाउस अफ कमन्समा उनले सांसदहरुलाई यस भाइरसको बारेमा सूचना दिएका हुन्। उनले लनडन, केन्ट, एस्सेक्स र हर्टफोर्डसायरमा भाइरसको संक्रमण बढ्दै गइरहेको जानकारी गत हप्ता दिएका थिए । साथै राजधानी लण्डन लगायत यी भाईरस देखिएको ठाउँहरु लाई उच्च जोखिम क्षेत्र (टियर ३) मा राखी सतर्कता अपनाइने सन्केत दिनुभएको छ ।

उनले नयाँ किसिमको कोरोना भाइरसको १ हजारभन्दा बढी केस रिपोर्ट भएको समेत बताएका छन् । उनले यो भाइरस पहिलाभन्दा खतरनाक छ कि छैन भन्नेबारेमा हालसम्म पुष्टि नभएको समेत बताए । उनले भ्याक्सिन बनिसकेको र बेलायतले भ्याक्सिन लगाउने काम सुरु गरिसकेकोले भाइरसबाट धेरै डराउनु नपर्ने समेत बताएका छन् ।

स्रोत- बि.बि.सी