जापानमा कोरोना सन्क्रमण हुनेको सन्ख्य बढ्यो
२८ मंसिर, काठमाडौं । जापानमा शनिबार एकैदिन तीन हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । जापानको ब्रोडकास्टर एनएचकेले उल्लेख गरेअनुसार जाडोयाम बढेसँगै जापानमा निरन्तर कोरोना संक्रमित बढिरहेका छन् । शनिबार मात्र तीन हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा पहिलोपटक एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
जापानको राजधानी सहर टोकियोमा शनिबार एकैदिन ६२१ कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म जपानमा कोरोनाको कारण दुई हजार ५८८ जनाको मृत्यु भइसकेको छ ।
स्रोत : रोयटर्स