भक्तपुरको चाँगुनारायण विश्वकै अग्लो त्रिशूल स्थापना गरिने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशूल स्थापना गरिने भएको छ ।

महांकाल त्रिशूल डाँडा उपभोक्ता विकास समितिले महांकाल त्रिशूल डाँडा परिसरमा आज आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशूलको शिलान्यास गरेका हुन् ।

उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए। उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ पनि सोही क्रममा राखे।

त्रिशूल डाँडामा कूल ४ करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशूल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशूल निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।