बि.बि.सी मास्टर चेफ प्रतियोगितामा नेपाली चेफ सन्तोष शाह आठौ स्थान भित्र पर्न सफल
यूकेको टेलिभिजन कार्यक्रमका एक प्रतिस्पर्धी नेपाली शेफ सन्तोष शाह भन्छन्, नेपालीले नेपाली खानालाई हेलाँ र अविश्वास नगर्ने हो भने विश्वबजारमा यस्ले आफ्नै स्थान बनाउन सक्छ ।
मंगलबार राती ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनल राउण्डबाट अघि बढ्दै उनी अघिल्लो राउण्डका लागि छनोट भएका छन् । प्रतियोगिताको सेमिफाइनल राउण्ड प्रवेश गर्न सफल १० प्रतियोगीलाई दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो ।
दुवै समूहबाट ४/ ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउण्डमा पुर्याइएको छ ।
पहिलो राउण्डमा उत्कृष्ट प्रस्तुति गर्नेमध्ये तीन जना सिधै अर्को राउण्डमा लैजाने क्रममा सन्तोष पनि उत्कृष्ट ३ मै पर्न सफल भए । बाँकी ७ प्रतियोगीमध्ये अरु २ जनालाई पनि सिधै अघि बढाइयो भने अन्य ५ जनाबीच थप एक चरणको प्रतिस्पर्धा गराएर थप ३ जनालाई अघि बढाइयो र २ जना बाहिरिए ।
स्रोत : बीबीसी