माननीय सरस्वती गुरुङलाई भाईखलक कार्यक्रममा भब्य स्वागत, के भनिन त कार्यक्रममा ?

ईन्द्र घोथाने ।

लन्डन । नेपालको गण्डकी प्रदेश सभासद (सांसद) माननीय सरस्वती गुरुङको बिशेष उपस्थितिमा (बिशिष्ठ अतिथि) क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले समाजको नबौ भाईखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ बिभिन्न कार्यक्रमसहित भब्य मनायो । सधैंको जस्तो आफ्नो भाईखलकहरु, चेलीबेटीज्युहरु र ज्वाँईहरुलाई सम्मान गर्दै नाचगान, चिट्ठा आदि मनोरन्जनात्मक कार्यक्रम गर्दै हर्षोल्लासका साथ २०२५ सालको चेलीबेटी तथा दाज्युभाइ भेटघाट कार्यक्रम सुसम्पन्न गरेको छ ।

कार्यक्रमका बिशिष्ठ अतिथी गण्डकी प्रदेशका मानानीया सरस्वती गुरुङले बाल्यकालमा खेलेको खेल “यती यती पानी गंगै रानी” स्मरण गर्नुहुँदै माइतीले दिनुभएको माया र सत्कार सधैं स्वच्छ अनि उच्च लाग्ने कुरा बताउनुभयो । माननीय गुरुङले आफ्नो भाईखलकको निमन्त्रणामा बेलायत भ्रमण गरिरहँदा आफु बेलायतको बिकास हेर्न मात्रा नभई वीर पुर्खाहरुले यस देशका लागि लडनु भएको (रगत र पसिना बगाउनुभएको)ले वीर गोर्खाहरु मुल्य मान्यता हेर्न र चिन्ना पनि बेलायत आउन चाहेको कुरा बताउनुभयो । सँगसँगै बेलायतको बिकास र समृद्धि हेर्न र सिक्न बेलायत आउन चाहेको कुरा प्रष्ट पार्नुभयो । त्यस्तै माननीया गुरुङले भुपुको नाताले र अन्य बिभिन्न किसिमले थुप्रै नेपालीहरु बेलायतमा बसाइसराई गरीरहेको बर्तमान परिवेशमा ब्यक्ति मात्र बसाइसराई नभई ब्यक्तीसंगै सामाजिक रितिथिती, चालचलन अनि संस्कार संस्कृति पनि सँगैसँगै बसाइसरीरहेको कुरा बताउनुभयो । बेलायत जस्तो ब्यस्त स्थानमा पनि क्वोने गुरुङ समाज यूकेले आफ्नो रितिथिती र संस्कार संस्कृतिलाई कायमै राख्दै माघे सन्क्रान्तीको शुभ अबसर पारेर बर्षेनी चेलीबेटी भोज कार्यक्रम आयोजना गर्नु ज्यादै सरहानिया कार्य भएको कुरा बताउनुभयो । यसबाट आफ्नो रितीथिती र संस्कार संस्कृति जोगिन्छ नै, साथसाथै पहिचान पनि कायम रहीरहने कुरा बताउनुभयो । यस किसीमको कार्यक्रममा उपस्थित हुन पाउँदा (सामेल हुन पाउँदा) औधी खुशी लागेको कुरा बताउनुभयो ।

माननीया गुरुङहरुले “ल्हो कुर” बर्ग चक्र अनुसार गुरुङहरुको यस बर्ष सप्री ल्होछार अर्थात सर्प बर्ग परेकोले सर्प बर्गको सबैलाई शुभकामना दिनुभयो । पहिचानसँग जोडीएको संस्कार संस्कृति, भेषभुषा र मुख्य गरेर भाषाको सम्बन्धमा गण्डकी प्रदेशले अब छिट्टै गुरुङ र मगर भाषालाई कामकाजीको भाषा बनाउने कुरा (प्रयोगमा ल्याउने कुरा) जानकारी गराउनुभयो । त्यस्तै मानानीय गुरुङले समानता र समाबेशी बन्ने कुरामा गुरुङ र गुरुङ समाजहरुको सचेतना बढ्दै गईरहेको कुरा इङिगत गर्नुहुँदै क्वोने गुरुङ गुरुङ समाज यूकेमा चेलीबेटीहरुको छुट्टै कार्य समिती बन्नु र अन्य गुरुङ संस्थाहरुमा आमा समुह गठन हुनु वा गर्नु राम्रो रहेको कुरा बताउनुभयो ।

त्यस्तै मानानीय सरस्वती गुरुङले गुरुङहरुले संस्कार संस्कृतिको मात्र कुरा नगरेर अब ब्यापार ब्यवसाय तथा लगानीमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो । भाटभटेनी सुपर मार्केटका मालीक मिन बहादुर गुरुङ तथा सफल ब्यवसायी कालु गुरुङ जस्ता सफल ब्यवसायी बन्नुपर्ने र गुरुङहरु पनि आर्थिक रुपमा सम्पन्न हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । बेलायतबासी गुरुङहरुले र बेलायतका नेपालीहरुले आफ्नो मात्रिभुमी नेपालमा र आफु जन्मेको हुर्केको गाउँठाउँको बिकास र क्षेत्रमा रोजगार सिर्जना गर्न थोरै भए पनि पहल गर्नुहुन अनुरोध गर्नुभयो । गैर आवसीया नेपालीहरुको लागि नेपाल सरकारले हालसालै १० बर्षसम्मा भिसा नचाहिने प्राबधानसहितको अत्याधेस जारी गरेको छ, गैर आवसीया नेपालीहरुको आर्थिक, राजनीतिक र भोटिङ (मताधिकार)को लागि पनि गुरुङले आफुले सकेको पैरभी गरिरहने बाचा गरीन ।

अन्त्यमा मानानीय गुरुङले आफ्नो भाईखलकहरुले बिभिन्न सामाजिक संघसंस्थाहरु स्थापना गर्नेदेखी नेत्रित्व गरीरहँदा आफुलाई निक्कै गर्ब लागेको र सम्पूर्ण अग्रजहरुप्रती सम्मान ब्यक्त गर्नुभयो । साथै पहिचानसँग जोडेको हाम्रो संस्कार संस्कृति रितीथिती भाबी युवा पुस्ताहरुलाई पनि सिकाउनुपर्ने र हस्तन्तरण गर्नुपर्ने कुरा जोड दिनुभयो । क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेको निबर्तमान चेलीबेटी प्रमुख स्वर्गिया चन्द्र देबी गुरुङलाई सम्झिनुहुँदै श्रध्दासुमन प्रकट गरीन भने बर्तामान चेलीबेटी प्रमुख लिना गुरुङ र चेलीबेटीहरुको सिङगो कार्यसमितीलाई समाजको शुभकार्यहरुको उच्च प्रशंसा गरीन ।

यहाँहरुको न्यानो सत्कार, सम्मान, अतिथ्य, आशिर्बाद अनि माया मेरो लागि तागत बनेको छ भन्नुहुँदै हिथ्रो एयरपोर्ट ओर्लेदेखी हालसम्मको सम्पूर्ण सत्कार, माया अनि आशिर्बादको लागि सम्पूर्ण परिवारजन, ईष्टमित्र र संघसंस्थाहरुलाई धन्यवाद दिईन र यसै गरी हजुरहरुलाई पनि नेपालमा स्वागत गर्न पाउं भनी क्रितज्ञता दिईन । क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेको एकता अनि हरेक किसिमले अग्र पंत्तीमा रहेको भएको देख्न पाउँदा ज्यादै खुशी अनि गर्ब लागेको कुरा बताउनुहुँदै समाजको हरेक कामले यसरी नै सफलता प्राप्त गरुन भनी शुभकामना दिईन । दाज्युभाइहरु दिदीबहिनीको यो सम्बन्ध आझ प्रगाढ, मजबुत र अटल होस् भनी कामना गरीन ।

कार्यक्रममा यूकेका बिभिन्न संघसंस्थाको नित्रित्व गरिरहनु भएका क्वोने दाज्युभाईहरु, चेलीबेटीज्युहरु र ज्वाँईहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुवातमा मानानीया सरस्वती गुरुङ, प्रमुख अतिथी एक बहादुर गुरुङ र चेलीबेटीहरुलाई पाइपरको धुन सँगै मासको टीका लगाइ भब्य स्वागत गरेको थियो ।