फाेल्काेस्टन नेपलिज कम्युनिटीद्वारा राजा चार्ल्स थर्ड काे तस्बिर अनाबरण
फोल्कोस्टोन । गत जुन १ का दिन फाेल्काेस्टन नेपलिज कम्युनिटी सेन्टरमा विविध कार्यक्रमको आयोजना गरी बेलायत का राजा चार्ल्स थर्ड काे तस्बिर अनाबरण गरिएको छ । फाेल्काेस्टन टाउनका मेयर काउन्सिलर बेलिन्डा वाल्कर र अध्यक्ष झपिन्द्र थापाले संयुक्त रूपमा राजा चाल्सको तस्बिर अनबरण गरेका थिए । उक्त ऐतिहासिक कार्यक्रमकाे सम्झनामा दुबै देशका राष्ट्रिय धुन बजाइऐकाे साथै शुभ राज्यभिशेक बिशेष केक अध्यक्ष, मुख्य अतिथी र बिषेश अतिथि केक कटिङ्ग र स्याम्पेन ड्रिङक्स चेयर्स गरिएको थियो ।
कार्यक्रमको लागि कम्युनिटी भवन भब्य रुपमा सिँगारिएको थियो । राजाकाे उक्त पाेरट्रेट तस्बिर फाेल्काेस्टाेन र हायत जिल्ला काउन्सिलले कम्युनिटीलाई प्रदान गरेको हो । समाजका ट्रष्टी क्याप्टेन राम पुन काे सम्याेजकमा सम्पन्न, उक्त ऐतिहासिक कार्यक्रम महासचिव डाक्टर महा राइले सन्चालन गरेका थिए । कार्यक्रम संयाेजन क्याप्टेन राम पुनले गरेका थिए । आगन्तुक पाहुना तथा अतिथिहरूलाई स्वागत गर्दै अध्यक्ष झपिन्द्र थापाले उपस्थितिकाे लागि र सहयोग गर्नुभएकोमा सबैजनालाई धन्यवाद दिनुभयो ।
काउन्सिलले गर्न नसकेकाे काम नेपलिज कम्युनिटीले गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख अतिथि डिस्ट्रीक काउन्सिल प्रमुख काउन्सिलर अबिना अकुपाे केली र टाउन मेयर काउन्सिलर बेलिन्डा वाल्करले ऐतिहासिक सफल कार्यकालको हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो । कार्यक्रममा सहभागी हुन हालसालै निर्बाचित काउन्सिलरहरू, कम्युनिटी पुलिसहरू, लाईबेरियाका सदस्यहरू, राेयल बृटिस लेजनका सदस्यहरू, गाेर्खा राइफलका गाेर्खा मेजर तथा अन्य अफिसरहरू, अन्य धेरै संघसंस्थाका प्रतिनिधीहरू, पुर्ब अध्यक्षहरू, समाजका ट्रष्टीहरू, सल्लाहकारहरू, सदस्यहरू, सिनियर सिटीजन प्रमुख मेजर देब बहादुर पुन र सिनीयर सिटीजनका सहयोगी शिब धन राइ, सिनियर सदस्यहरू, कार्यसमिति र पत्रकारकाे बाक्लाे उपस्थिति थियो ।
कार्यक्रमको लागि खानाको ब्यवस्था फोल्कोस्टन स्थित लेमन लिफ रेष्टुरेन्टले गरेको थियो ।