को हुन गोर्खा कप-२०२३ बिजेता यल्जी लायोन ?
आज भन्दा २० बर्ष अगाडी हङकङमा चेतन गुरुङ, बिशाल गुरुङ र हिमाल राणाले संयुक्त रुपमा स्थापना गरेको लालीगुराँस समुह (यल्जी ग्रुप)ले स्थापना कालको छोटो समयमै धेरै सफलताहरु प्राप्त गरेका छन । सामाजिक कार्यहरुमा यल्जी समुह जहिले अगाडी रहेको छ नै साथसाथै खेलकुद क्षेत्रमा पनि यस समुहले आफ्नो प्रभुत्व जमाउदै आइरहेका छन ।
बेलायतमा तमु धि यूकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम गोर्खा कप-२०२३ मा युथ तर्फ ३२ वटा टीमहरुबाट प्रतिस्पर्धा गर्दै यीनै यल्जी समुहको यूथ फुटबल टिम यल्जी लायोन प्रथम भएका छन । यल्जी लायोनले गोर्खा कप दोस्रो पटक जितेका हुन, यसअघि २०२१ मा यल्जी लायोनले पहिलोपटक गोर्खा कप जितेको थियो ।
यल्जी समुहको सफलताबारे खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेले यल्जी समुहका संस्थापक मध्येका एक सदस्य चेतन गुरुङलाई प्रश्न गर्दा सामाजिक क्षेत्रमा यल्जी समुह त्यसै पनि स्थापित रहेको संस्था हो, सामाजिक तथा परोपकारी कार्यहरु त हामीले स्थापनाकाल देखी गर्दै आइरहेका थियौ र गरिरहने छौ । तर हाम्रो संस्थाको मुख्य उध्देश्य भनेको हाम्रो युवाहरुले खेलकुद क्षेत्रमा ब्यस्त गराएर कुलतबाट बचाउने रहेको छ त्यसैले हामीले फुटबल, मार्शलआर्ट लगायत अन्य धेरै खेलकुद क्षेत्रहरुमा टिमहरु बनाएर गोर्खाकप जस्तो प्रतियोगिताहरुमा सहभागी गराएर हौसला दिईरहेका छौ । हामीले हङकङमा आयोजित बिभिन्न प्रतिस्पर्धा जित्दै आएका छौ, यसपाली यूकेमा हाम्रो समुहले गोर्खा कप जस्तो प्रतिष्ठित कप दोस्रो पटक जित्न सफल भयौ । सामाजिक कार्यहरुमा र खेलकुद कार्यक्रममा हाम्रो युवाहरुलाई यसरी नै सहभागी गराएर अघि बढीरहने छौ- चेतनले भने ।
त्यस्तै यूकेका संस्थापक मध्येका एक सदस्य राजेन्द्र गुरुङ (कान्छा)सँग गोर्खाकपमा यल्जी लायोनको सफलताबारे प्रश्न गर्दा- २०२१ सालमा पनि यल्जी समुहले गोर्खा जितिसकेको र दोस्रोपटक जित्दा एकदमै खुशी लागेको र तेस्रो पटक जितेर ह्यटट्रिक गर्ने योजना रहेको कुरा बताए । उनले गोर्खाकपको सफलता पाएकोमा बिशेष गरेर खेलाडीहरु, प्रशिक्षक, म्यानेजर, प्रायोजकहरुलाई बिशेष धन्यवाद दिनुभयो । राजेन्द्र (कान्छा)ले यसपाली यल्जी समुहको संस्थापकहरु चेतन र बिशालको साथमा गोर्खा कप उचाल्न पाउँदा अत्यन्तै गर्ब र खुशी ब्यक्त गरे । संस्थापकहरुको सल्लाह सुझाबमा यसरी सफलता पाउंदा एकदमै एकदमै गर्ब लागेको कुरा सुनाउनुभयो ।
यूकेमा ललित गुरुङ्ग, राजेन्द्र गुरुङ्ग (कान्छा) लालीगुराँसका सस्थापकहरु हुनुहुन्छ । हङकङ, अस्ट्रेलिया, जापान, अमेरिका, यूके र नेपाल लगायत विभिन्न देशहरुमा यस समुह स्थापना भईसकेका छन र अन्य देशहरुमा पनि आफ्नो समुह बिस्ता गर्ने क्रममा रहेको छ ।
स्मरण रहोस्- यल्जी समुहले हङकङमा हरेक बर्ष नेपाल र भारतका चर्चित कलाकारहरु ल्याएर बिभिन्न कार्यक्रम गर्दै आइरहेका छन ।