प्रमुख लामा गुरु मनबहादुर गुरुङ (धपुसे लामागुरु) दोस्रोपटक बेलायतमा

लण्डन । पोखरा सिम्पानी स्थित सुखवती बौद्ध गुम्बाका प्रमुख लामा गुरु मनबहादुर गुरुङ (धपुसे लामागुरु) दोस्रोपटक बेलायत आइपुगेका छन । बेलायतवासी धम्पुसेहरुको निमन्त्रणामा २२ मे सोमबार बेलुकी लण्डन आइपुगेको कुरा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङले खबर यूकेलाई जानकारी दिनुभएको छ ।

लामा गुरुसंगै धम्पुस पोखरी घोताने परिवार नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र उहाँको धर्मपत्नी पनि बेलायत आएका छन् । प्रमुख लामासहितका पाहुनालाई लन्डन हिथ्रो टर्मिनल-४ मा बेलायतवासी धम्पुसे दाजुभाइ र चेलीबेटीहरुले भव्य स्वागत गरेका थिए । स्वागत कार्यक्रममा धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ, धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ, संस्थापक अध्यक्ष दुर्गमल गुरुङ र निवर्तमान अध्यक्ष गमबहादुर गुरुङको उपस्थिति थियो ।

प्रमुख लामा गुरु मनबहादुर गुरुङ (धपुसे लामागुरु)ले बेलायतमा बिभिन्न बुध्द पूजा गर्ने कार्यक्रमहरु रहेको कुरा अधय्क्ष गोलमान गुरुङले जानकारी गराउनुभयो ।

फोटो सौजन्य- सन्तोष कोन्मै