तमु धि नेपालले तमु समाज यूकेको अध्यक्ष तथा उहाँको धर्मपत्नीलाई भब्य सम्मान
पोखरा । हाल नेपाल भ्रमणमा रहेका तमु समाज युकेका अधक्ष्य श्री शिव कुमार गुरुङ र प्रथम महिला श्रीमती मिना गुरुङलाई तमु धि नेपालको वार्षिक उत्सब कार्यक्रममको शुभ अबसरमा भब्य सम्मान गरेका छन ।
वार्षिक उत्सब कार्यक्रममा तमु धीं नेपालको तर्फबाट तमु समाज युकेका अधक्ष्य श्री शिव कुमार गुरुङलाई फेटा, भांग्र, खादा र मायाको चिनो साथै प्रथम महिला श्रीमती मीना गुरुङलाई पनि खादा, पछ्यौरी र मायाको चिनोले सम्मान गरेका थिए । त्यस्तै तमु समाज युकेको तर्फबाट पनि तमु धि नेपालका अध्यक्ष हुम गुरुङलाई पनि तमु समाज युकेको तर्फबाट मायको चिनो प्रदान गरेका थिए । गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय सुरेन्द्र राज पाण्डेद्वारा तमु समाज युकेका अध्यक्ष श्री शिव कुमार गुरुङलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तमु समाज युकेका अधक्ष्य श्री शिव कुमार गुरुङले तमु समाज युकेको तर्फबाट तमु धि नेपाल पोखराको प्राङगणमा निर्माणाधिन रोधी घरका लागि नगद रु. १ लाख ५ हजार सहयोग रकम तमु धीं नेपालका अधक्ष्य हुम गुरुङलाई हस्तन्तरण गरेका थिए । साथै तमु धीं पोखराले निर्माण गरिरहेको गुरुङ जातीहरुको पहिचान झल्किने सङग्राहलय राख्नको लागि तमु समाज युकेको तर्फबाट गुरुङको पुरानो नृत्य घांटु नाच नाच्दै गरेको आकृत्ति राख्ने प्रतिबध्दता गर्नुभयो ।
कार्यक्रममा तमु धीं नेपालका अधक्ष्य हुम गुरुङ, तमु धीं नेपालका संस्थापक अधक्ष्य श्रीमती कर्म गुरुङ लगायत रि. मेजर श्री लक्ष्मी प्रसाद गुरुङ, तमु समाज युकेका आजीवन सदस्य रि. क्या. हीतमान गुरुङ उपस्थित थिए । त्यसैगरी तमु समाज यूकेका अध्यक्ष तथा उहाको श्रेमातीलाई तमु कलाकार संघ पोखराले पनि एक भब्य कार्यक्रम आयोजनागरी संघका अधक्ष्य सुरेन्द्र गुरुङले सम्मान गरेका थिए ।