चार भन्ज्याङ तमु समाज युकेको बार्षिक च्यारिटी कार्यक्रम अगामी २५ फेब्रुअरीमा हुने
लण्डन । चार भञ्ज्याङ तमु समाज यूकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको परोपकारी रात्रीभोज (च्यारिटी प्रोग्राम) कार्यक्रम यस् बर्ष अगामी हप्ता २५ फेब्रुअरी २०२३ साल शनिबार फेल्तहाम कम्युनिटी कालेजमा हुने कुरा चार भञ्ज्याङ तमु समाज यूकेको सल्लाहकार तथा तमु धि यूकेको भुपु अध्यक्ष ज्ञाम गुरुङले खबर यूकेलाई जानकारी गराउनु भएको छ ।
चार भञ्ज्याङ तमु समाजको वार्षिक कार्यक्रम मध्ये प्रमुख कार्यक्रममा उठेका चन्दा रकमले हाल नेपाल चार भञ्ज्याङ क्षेत्रमा सन्चालन भईरहेको टेली मेडिसिन कार्यक्रमको (स्वास्थ्य सेवाको) लागि उपयोग गर्दै आइरहेको छ । उक्त अस्पतालबाट बर्षेनी हजारौं बिरामीहरूलाई नि:शुल्क उपचार सेवा दिदै आइरहेका छन । साथसाथै, पर्बत चार भञ्ज्याङ क्षेत्रमा आपत बिपत परेको समयमा सहयोग गरिंदै आइरहेका छन ।
कार्यक्रममा चार भञ्ज्याङ तमु समाज यूकेका GCSE ए लेवल र युनीभर्सिटी ग्राज्युएटहरुलाई बधाई तथा शुभ-कामना दिने कार्यक्रम पनि रहेको कुरा सल्लाहकार ज्ञाम गुरुङले जानकारी गराउनुभयो । चन्दा दिने (सन्कलन) कार्यक्रम यस बर्ष पनि निरन्तरता रहने र सम्पूर्ण इछ्युक मनकारीहरुलाई सहयोगको लागि अनुरोध गर्नुभयो । यदि कसैले अनलाइन (इन्टरनेट) मार्फत चन्दा दिन इछ्युक हुनुहुन्छ भने चार भञ्ज्याङ तमु समाज यूकेको वेबसाइटको जस्टगिभिङ मार्फत दिनसक्नुहुन्छ ।
कार्यक्रममा नेपालका ख्याती प्राप्त लोकदोहोरी गायिका रुपा घर्तीमगरको दमदार प्रस्तुति रहनेछ । साथै, समाजको नानीहरूकाे दमदार मनाेरञ्जन कार्यक्रम रहनेछ । कार्यक्रममा उपस्थिति र सहयोगका लागि कार्यक्रम संयोजक तथा समाजको उपाध्यक्ष दुर्गा गुरुङले हार्दिक अनुरोध गर्नुभएको छ ।
कार्यक्रम स्थान-
Browells lane Feltham Middlesex TW 13 7 EF Feltham
अनलाइन चन्दाको लागि-