आइसीसी लिग २ मा नेपालको लगातर तेस्रो जित
काठमाडौँ । घरेलु मैदानमा नामिबियालाई ३ विकेटले पराजित गर्दै आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो । यो जितसँगै नेपालले लिग २ को सिरिजमा नै निकालेको यो पहिलो तेस्रो जित हो । नेपालको जितमा ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लले किर्तिमानी साझेदारी गरेपछि नेपाल जिततफ अघि बढेको थियो ।
आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने किर्तिमानी आफ्नो नाममा गरेका हुन्। यो कीर्तिमान कयम गर्ने क्रममा आशिफ ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए । आसिफ शेख ८१ रनमा पवेलियन फर्के। ९८ बलको सामना गरेका उनले ८ चौका र २ छक्का हाने। आशिफले एकदिवसीय खेलमा छैटौँ अर्धशतक प्रहार गरेका हुन् । ज्ञानेन्द्र मल्ल ६५ रनमा क्याच आउट भए । ७४ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का हाने। एक दिवसीयमा नेपालको तर्फबाट सात अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् । चौथौ विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ९२ रनको साझेदारी गर्दै नेपालाई सहज जित दिलाएका थिए ।
कुशल ६२ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। विष्फोटक ब्याटिङ गरेका कुशलले ४९ बलमा बलमा ६ चौका र ४ छक्का हाने । कुशलले वन डे करियरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। कप्तान रोहित ३९ रनमा आउट भए। रोहितले ४३ बलमा ५ चौका हाने । सोमपाल कामी ८ र गुलसन झा शुन्य रनमा नटआउट रहे। दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेल १ रनमा रनआउट भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रनको योगफल तयार पारेको थियो ।
पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे । लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए। कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए । माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए । कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए । जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए ।
छैटौं विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङस् उकासेका थिए । फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए। ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने । जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने। रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने ।
नेपालका लागि सन्दीप लामिछानेले तिन तथा करण केसीले एक विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे। नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए । उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए। नामाबियाले यो सिरिजको तीनवटै खेलमा हार ब्यहोरेको छ ।