बेलायतको सबै भन्दा जेठो नेपाली संस्था यति नेपाली एशोसिशनमा नयां नेतृत्व

कृष्णप्रसाद शर्मा

२३ माध रासस (लण्डन) । भारतमा बाहेक अन्य देशमा रहेकानेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्थाका रूपमा परिचित यति नेपाली एशोशियसन युकेको २९ औं अधिव्शन सम्पन्न भएको छ ।

लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी पिपला पाण्डे देवानको नेतृत्वमा १७ सदस्य कार्यसमिति निर्विरोध भएको छ। कार्यसमितितो महासचिवमा टंक भट्टराई , वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मी, त्यस्तै, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन छन भने सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन् ।

नवनिर्वाचित अघ्यक्ष देवानले संस्थाले बिदेशमा रहेका नेपालीहरूलाई आपतविपद पर्दा सहयोग गर्ने उदेश्यले “आपतकालिन कोष “स्थापना गर्ने प्रस्ताव गरे संगै आईतबार हलबाट पांच हजार पाउण्ड जम्मा भएको बताउनु भयो । कार्यक्रममा ओबिई डा.राधव धिताल, ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाट लगायतले मन्तव्य राख्नु भएको नवनिर्वाचित महासचिव टंक भट्टराईले जानकारी दिनु भयो ।

संस्थाका पुर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा सहित ६ सदस्य निर्वाचन समितिले निर्वाचन बिना सहमतिमा पदाधिकारीहरूको टुंगो लगाएको थियो ।