बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प, केही घरहरु भात्किएको जानकरी
बाजुराको मैला आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २:४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिएका छन् ।
भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको छ। भूकम्पका कारण बाजुरामा सात घरमा क्षति भएको स्थानीयले बताएका छन्। भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ ।
भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किए
मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिकामा दुई घर भत्किएको छ । नगरपालिकाको वडा नम्बर ९ का हर्क गुरूङ र वडा नम्बर ७ का हरिचन्द पाध्यायको घर भत्किएको हो ।
मानवीय क्षति केही नभएको प्रहरी प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए । केन्द्र बिन्दु रहेको बिच्छायामा प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए । आज बिहानदेखि बाजुरामा बत्ती टेलिफोन छैन उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर पानी परिरहेको छ ।
यसैगरी बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन भत्किएको छ । बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।