विमान दुर्घटनामा बेपत्ता भएकाको खोजी जारी
पोखरा । पोखराको सेती खोंचमा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ ।
दुर्घटनामा परेकाे यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।
पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी चारै जना बालबालिका, काठमाडौंबाट फरेन्सिक चिकित्सकको टोली पुग्दै
त्यस्तै पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिका हुन् । चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन् । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए ।
रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए । ‘यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखसमेत रहेका ठाकुरले भने । ६८ जनाको शव आइतबार नै रिकभर भएको थियो । शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन् । फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ ।
ठाकुरका अनुसार काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ । उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले बताए। ‘केही शवको सनाखत पनि भएको छ । तर सबै निर्णय फरेन्सिकको टोली पुगेपछि मात्र हुने छ’ उनले भने ।
विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट सहित ३८ जनाको सनाखत (सूची)
जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार अहिलेसम्म ३८ जनाको शव सनाखत भएको छ।चालक कमल केसी र एअर होस्टेस सिर्जना होङचेन पनि सनाखत भएको छ । विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव पश्चिमान्चल क्षेत्रीय अस्पताल राखिएको छ। विमान दुर्घटनामा हराइरहेका चारको खोजी भइरहेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकमा यात्रु र चालक दलका सदस्यको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टम हुन नसक्दा आफन्तजनले शवको पाएका छैनन् । सोमबार मध्याह्नसम्म ३८ जनाको शव सनाखत भइसकेको छ। उनीहरूका आफन्त अस्पताल बाहिर भेला भएका छन्। एक आफन्तले भने, “हिजो नै सनाखत भइसकेको हो, तर आज पनि लास लैजान पाइएको छैन ।”
अहिले शव परीक्षणका लागि काठमाडौंबाट चिकित्सकको टोलीलाई बोलाइएको छ। चिकित्सकको टोली आएपछि परीक्षणको हुने र आफन्तजनलाई बुझाइने खड्काले बताए ।
सनाखत भएका यात्रु:
१) निशान्त आचार्य, पोखरा-१३ काहुँडाँडा
२) संगीता शाही, पोखरा-१७
३) डा. सुशिल श्रेष्ठ, पोखरा-४
४) डा. सोना दिवाकर, पोखरा-४
५) रियान पौडेल, कुश्मा-१ पर्वत
६) सदागत अलि मिया, पोखरा-१३ मियापाटन
७) लक्ष्मी पौडेल, पोखरा-१९ बाटुलेचौर
८) प्रशिद्धि पौडेल, कुश्मा-९ कटुवाचौपारी
९) अरूण पौडेल, कुश्मा-९ कटुवाचौपारी
१०) पूर्णकुमार गुरूङ, पोखरा-२६
११) युकोन्जो, कोरियन नागरिक
१२, विजयकुमार गुरूङ, मोदी-१ पर्वत
१३) रचना काफ्ले पौडेल, कुश्मा-१ पर्वत
१४) रकि गुरूङ
१५) डा. गणेश थापा, शंकरनगर-८ रुपन्देही
१६) लक्ष्मी परियार, काठमाडौं
१७) रिता परियार, काठमाडौं
१८) हरि परियार, काठमाडौं
१९) एस्मिल गुरूङ, पोखरा-८ जनप्रिय
२०) पूजन थापा, पोखरा-१० बुद्धचोक
२१) सिर्जना होङचेन (एअर होस्टेस), मुर्गिया, बुटवल
२२) त्रिभुवन पौडेल, पोखरा-११ फूलबारी
२३) मोहन प्रकाश श्रेष्ठ, कावासोती-६
२४) जुरिस लेजिन, रसियन नागरिक
२५) एलिना, रसियन नागरिक
२६) जीवनकला गुरूङ, पोखरा-१७ छोरेपाटन
२७) जमुना शर्मा, विहादी-५ पर्वत
२८) शालिकराम आचार्य, पोखरा-९ नागढुंगा
२९) डा. सुशील र डा.सोनाको छोरा
३०) बन्दना सुनार, पोखरा-९ नागढुंगा
३१) सीता गुरूङ, माछापुच्छ्रे-२ भुजुङ खोला
३२) निरा छन्त्याल, बढीगाड-३ बागलुङ
३३) अनुषा गुरूङ, पोखरा-८ वगालेटोल
३४) शिवकुमार गुरूङ, पोखरा-८ वगालेटोल
३५) राजुसिंह ठकुरी, पोखरा-३ नदीपुर
३६) अनिल शाही, पोखरा-१ वगल
३७) पास्कल एलेक्स एन्डल, फ्रान्स
३८) कमल केसी (क्याप्टेन), रुपा-३ कास्की