यस्तो छ सरकारको साझा न्यूनतम कार्यक्रम मस्यौदा [ पूर्णपाठ ]

काठमाडौँ — सरकारले सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुराहरू समेटिएको छ । ‘सरल र सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने, सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने,’ मस्यौदामा उल्लेख छ ।

यस्तै फरक-फरक कार्यालयमा नागरिकतालगायत डकुमेन्ट पटक-पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्र प्रचलनमा ल्याउने पनि बताइएको छ । यसका लागि नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत अन्य सबै प्रकारको सेवा उपलब्ध गराउने डिजिटल प्रबन्ध सुनिश्चित गर्ने बताइएको छ । त्यस्तै सार्वजनिक सेवा सञ्चालनलाई मितव्ययी बनाउनका लागि नयाँ सवारी साधान खरिदमा कटौती गर्ने योजना रहेको मस्यौदामा जनाइएको छ ।

सुकुम्बासी समस्या समाधान गर्ने, कृषिमा रुपान्तरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार, सस्तो र भरपर्दो सञ्चार सुविधा, वन वातावरण, जलवायु अनुकुलता र विपद्‍ व्यवस्थापन लगायतका प्रतिबद्धता पनि समेटिएका छन् । उक्त मस्यौदा शनिबार शीर्ष नेताहरू समक्ष बुझाउने बताइएको छ ।

साझा न्यूनतम कार्यक्रमको पूर्णपाठ :