ल्होछारको पुनित अबसरमा तमु समाज यूकेद्वारा ग्रह शान्ती पूजा सम्पन्न

नारायण सिङ्ग गुरुङ

मिडिय संयोजक तमु समाज युके

लण्डन । तमु समाज युकेले ३१ डिसेम्बर २०२२ तदनुसार २०७९ पौष १६ गते शनिवारको दिन तमुहरुको महान पर्वको अवसरमा बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली लन्डन स्थित तमु समाज युकेको आफ्नै भवनमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेर सम्पन्न गरेको छ ।

बिहान ११ बजे देखि शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको उक्त कार्यक्रममा समाजका कार्य समितिका पदाधिकारिहरु, सल्लहाकारहरु, आजीवन सदस्यहरु लगाएत समाजका जेष्ठ नागरिकहरु देखि युवा तथा बाल बलिकाहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजको सक्रिय सदस्य श्री हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको उक्त ग्रह शान्ति तथा शुद्धिकरण पूजालाई अध्यक्ष श्री शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ र आमा समुहका अध्यक्ष श्रीमती उमा देवी गुरुङले सयुक्त रुपमा द्विप प्रज्वालन र छ्योक अर्पणगरि पुजा कार्यक्रम आराम्भ गरेका थिए । पुजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव श्री धरमबल गुरुङ र धार्मिक संयोजक श्री हारिमान गुरुङले गरेका थिए भने धर्म गुरुहरूमा Rangjung Yashe Oddiyana UK Buddhist Centre Farnboroughका मूल लामा गुरु श्रध्देय श्री द्रुब्ला लाङगृग साङ्गपो, लामा गुरु श्री दिनेश गुरुङ र सहयोगि श्री रविन्द्र लोसाल द्वारा ग्रहशान्ती तथा शुध्दिकरण पुजा धार्मिक विधि विधान अनुसार पूजा गरि श्रध्देय श्री द्रुब्ला लाङगृग साङ्गपो, गुरुले ग्रहा शान्ति र शुध्दिकरण पुजाको बारेमा स्पस्ट बुजिनगरि प्रवचन दिएका थिए ।

यसै प्रकारले तोकिएको समय अनुसार पुजा आरम्भ गरि दिउँसोको करिब ४ बजे तिर पूजा कार्यक्रम समापन गरेको थियो।पुजा कार्यक्रम समापनको अवसरमा संस्थाका महासचिब श्री धरम बल गुरुङ ले पूजा कार्यक्रम राम्रोसंग सम्पन्न गरिदिनु भएकोमा, श्रध्देय धर्म गुरुहरु, पुजा संयोजक श्री हरिमान गुरुङ र पुजा कार्यक्रममा स्वतस्फुर्तले भोजन दान, द्रब्यदान गरिदिनुहुने र पुजामा सहभागि सबै जनालाई र पुजा कार्यक्रमको लागी अ-आफ्नो ठाउँबाट अहोरात्र खटि पूजा कार्यक्रम सफल पारिदिनु भएकोमा सबैलाई आभार प्रकट गर्दै धन्यबाद दिँदै कार्यक्रमको अन्त भएको थियो ।

यसै गरि महासचिब धरम बल गुरुङ ले तमु समाज यूकेले यहि जनवरी ७ तारिक २०२३ शनिबारको दिन ह्यारो लेजर सेन्टरमा हर्षोल्लास साथ तमु ल्होछार/ल्होसार उत्सव मनाउने कार्यक्रम आयोजना गरेको जानकारि दिदै सबै जना लाई कार्यक्रममा उपस्थित भैदिनुहन हार्दिक अनुरोध गरेको छ ।