
तमु धि यूकेले भब्य मनायो “हि ल्हो” ल्होछार, निबर्तमान अध्यक्षको मुक्तकन्ठले प्रशंसा
अल्डरसट । बेलायतका लागि नेपाली राजदुत महामहिम श्री ज्ञानचन्द्र आचार्यज्युको प्रमुख अथितीमा तमु धि यूकेले “हि ल्हो” ल्होछार कार्यक्रम भब्यसँग मनायो । प्रमुख अथिती महामहिम ज्ञानचन्द्र आचार्य, नेपाली राजदुताबासको उप-नियोग प्रमुख रोशन खनाल, तमु धि यूकेको अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, नवनिर्बाचित अध्यक्ष हरि गुरुङ अनि एनआरएनए आइसिसी निबर्तमान अध्यक्ष कुल आचर्यले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको समुधघाटन गरेका थिए । कार्यक्रमका संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले उपस्थित सबैजनालाई स्वागत गर्नुहुँदै औपचारिक स्वागत मन्तब्य दिनुभएको थियो । नेपाल, बेलायत अनि गुरुङ (तमुको)को राष्ट्रिय गान बजाउदै प्रारम्भ गरेको कार्यक्रममा तमु धि यूकेले वार्षिक प्रकाशन गर्दै आएको फ्रेंसी मुखपत्रको बिमोचन गरिएको थियो । फ्रेंसी मुखपत्रको सम्पादन तमु धि यूकेका ट्रस्टी गीतकार एकेन्द्र गुरुङले गर्नुभएको हो ।
कार्यक्रममा तमु धि यूकेले तमु बिद्यार्थीहरुलाई प्रत्सोहन स्वरुप प्रदान गर्दै आइरहेको “डाक्टर हर्क गुरुङ पुरुस्कार” पुरानो घर लम्जुङ दुधपोखरी गाउँ पालिका वडा न २ पोखारी भई हाल केन्ट निवासी श्री मोती प्रसाद गुरुङ तथा श्रीमती लक्ष्मी गुरुङको छोरी स्मृति गुरुङलाई GCSEमा उत्कृष्ट श्रेणी (ग्रेड) ल्याए बापत प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा तमु धि यूकेका बिभिन्न एकाईमा समाजलाई बिशेष योगदान दिनुहुने सदस्यहरुलाई उत्कृष्ट कम्युनिटी एवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा हालको कार्यसमितिले नवनिर्बाचित कार्यसमितिलाई पदभार हस्तन्तरण गरेको थियो । सोही अबसरमा नवनिर्बाचित अध्यक्ष हरि गुरुङले भाबुक हुँदै निबर्तमान अध्यक्ष हित काजी गुरुङको मुक्तकन्ठले प्रशंसा गर्नुभएको थियो । अध्यक्ष हरि गुरुङले निबर्तमान अध्यक्ष हित काजी गुरुङले संस्थाको आर्थिक उन्नती देखि समग्र प्रतिष्ठा नै उच्च बनाउन सफल हुनुभएको र निबर्तमान कार्यसमितीलाई धन्यवाद, बधाई तथा आभर प्रकट गर्नुभएको थियो । अध्यक्ष हरि गुरुङले तमु धि यूके जातिय संस्था भए ता पनि यस संस्था बिशुध्द सामाजिक संस्था भएको र तन मन अनि धनले सदा सामाजिक सेवामा समर्पित रहेको कुरा जानकार गराउनुभयो । उहाँले बिगतका कार्यसमितिलाई जस्तै आफ्नो कार्यसमितिलाई पनि साथ र सहयोग पाउनेमा विश्वास प्रकट गर्नुहुँदै उपस्थित सबैलाई साथ र सहयोगको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रमुख अथिति महामहिम राजदुत ज्ञानचन्द्र आचार्यज्युले तमु धि यूकेको सराहना गर्नुहुँदै नेपाली मेला, गोर्खा कप र ल्होछार जस्तो नेपाल र गुरुङसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर नेपाली तथा तमु संस्कार संस्कृतिकको संरक्षण, सम्बर्ध्दन र प्रबर्ध्दन गर्न सफल भएकोमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । साथसाथै राजदुत आचार्यले यस किसीमको संस्कार संस्कृतिमा युवा पुस्तालाई समाबेश गरी पुस्ता हस्तरणको आबश्यक रहेको कुरा बताउनुभयो ।
त्यस्तै कार्यक्रममा निबर्तमान अध्यक्ष हित काजी गुरुङले हरि गुरुङ जस्तो सबल ब्यक्तित्वलाई तमु धि यूकेको अभिभारा सुम्पिन्न पाउँदा आफुलाई एकदमै गर्ब लागेको र हरि गुरुङको नेतृत्वमा तमु धि यूकेले अझ उन्नत्ती गर्नेमा आफु विश्वस्त रहेको कुरा प्रकट गर्नुभयो । साथसाथै निबर्तमान अध्यक्ष गुरुङले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारीहरु, यूकेस्थित संघसंस्थाहरु तथा बिभिन्न ब्यवसायीहरुलाई (प्रायोजकहरुलाई) हार्दिक धन्यवाद दिनुभएको थियो । साथसाथै उहाँले तमु धि यूकेलाई सधैं साथ र सहयोग गर्नुहुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा चर्चित दोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र भिमु गुरुङले चर्चित गुरुङ तथा नेपाली गीतहरु गाएर भरमुग्धर मनोरन्जग गराएका थिए । त्यस्तै राफल ड्र (चिट्ठा) कार्यक्रम पनि गरिएको थियो । औपचारिक कार्यक्रम तमु धि यूकेका निबर्तमान महासचिब पर्शुराम गुरुङले सन्चालन गर्नुभएको थियो भने सांस्कृतिक तथा मनोरन्जन कार्यक्रम भने सुर्य गुरुङ, योगेश गुरुङ, हेलिसा गुरुङ तथा बिबा गुरुङले सन्चालन गरेका थिए ।कार्यक्रममा झन्डै एक हजार बढी महानुभाबहरु उपस्थित थिए र कार्यक्रमस्थल खचाखच भरिएको थियो ।

मुक्तकन्ठले प्रशंसा गर्दै भाबुक भए नवनिर्वाचित अध्यक्ष हरि गुरुङ निबर्तमान अध्यक्ष हित काजी गुरूङप्रति……..



