जारी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

एजेन्सी । अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा फेरि एकपटक श्रीलंकन बलर वानिन्दु हसारंगाले लिड गरिरहेका छन् । सन् २०२१ विश्वकपका सर्वाधिक विकेट टेकरले जारी विश्वकपमा पनि त्यो लय कायम राखेका छन् ।

आइतबारबाट समूह चरणका सबै खेल सकिएका छन् भने चार टिमले सेमिफाइनलमा स्थानसमेत सुरक्षित गरिसकेका छन्। समूह ‘एक’बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा समूह ‘दुई’ बाट भारत र पाकिस्तानले अन्तिम चरणमा स्थान बनाएका छन्। यद्यपि, सर्वाधिक विकेट लिने पाँच खेलाडीको सूचीमा यी चारमध्ये कुनै टिमका बलर छैनन्। त्यो भए को हुन् सर्वाधिक पाँच विकेट टेकर ?

वानिन्दु हसारंगा (श्रीलंका)

गत संस्करणका सर्वाधिक विकेट–टेकर हसारंगाले जारी विश्वकपमा १५ विकेट लिएका छन् । उनले १३.२६ को औसतमा बलिङ गरेका छन्। हसारंगाको उत्कृष्ट बलिङलफिगर ३-८ को छ ।

बस दी लिड (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सले विश्वकपमा अप्रत्यासित प्रदशर्न गर्यो । आइतबार मात्रै दक्षिण अफ्रिकाविरुद्ध १३ रनको जित त्यसैको उदाहरणमध्ये एक थियो ।सोहीक्रममा डच टिमका लागि दी लिडको बलिङ महत्त्वपूर्ण रह्यो । उनले कुल ११ विकेट लिएका छन् ।

ब्लेसिङ मुजराबानी (जिम्बाब्वे)

जिम्बाब्वेले पाकिस्तानलाई विश्वक्रिकेटमा तहल्का मच्चाउँदा चार ओभरमा १८ रन खर्चेर एक विकेट लिएका मुजराबानीले प्रतियोगितामा १२ विकेट लिएका छन् ।

जोसुवा लिटिल

आयरल्यान्डले समूह चरण पार गर्न नसके पनि बलर लिटिलका लागिविश्वकप फलदायी रह्यो । प्रतियोगिताभर १७.१८ को औसतमा बलिङ गरेका लिटिलले ११ विकेट लिएका छन् ।

अनरिच नोर्टजे (दक्षिण अफ्रिका)

नेदरल्यान्ड्सविरुद्ध १३ रनको अप्रत्यासित पराजयसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । यद्यपि, बलर नोर्ट्जेका लागि भने यो विश्वकप सम्झनालायक रह्यो । उनले पाकिस्तानविरुद्ध एकै खेलमाचार विकेटसहित प्रतियोगितामा कुल ११ विकेट लिएका छन् ।