तमु समाज युकेको देउसी भैलो २०२२ कार्यक्रम सम्पन्न
शिवशरण गुरुङ ।
तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा शनिबार २९ अक्टोबर २०२२को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो।
प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा स्वर्णिम संस्कृतिको सकरात्मक सन्देश प्रबहा गर्न, समाजका सदस्यहरु तथा शुभचिन्तक मित्रगणहरु बिच पारस्परिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउनुको साथसाथै तमु समाज युकेको समाजिक भवनको निम्ति आर्थिक सहयोग संकालन गर्ने उदेस्य लिई आयोजना गरेको देउसी भैलो कार्यक्रममा सबैले सहाभगिता जनाउदै मन खोलेर दान दिएका थिए।
कार्य व्यस्तता र समय अभावका कारण भैलरिहरु सबैको घर घर जान सम्भव नभएपनि फुर्सद भएका सबै सदस्य र शुभचिन्तकहरु सामुहिकरुपमा आफ्नै कम्युनिटि सेन्टरमा भेला भएर धैरैले दान सहयोग प्रदान गरेका थिए। बिबिद कारणहरुबाट कार्यक्रममा सहभागि बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले उदार भाव बाट अनलाइन बैंकिङबाट पनि दान रकम दिएर सहयोग गरेका थिए। दान दिने सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ र आमा समुहका अध्यक्ष उमा देवी गुरुङले हार्दिक धन्यबाद सहित तिहारको शुभकामना दिनुभएको थियो।
आफ्नो समाजको पबित्र उदेस्यका निम्ति सकेको सहयोग गरौं भन्ने भावना बाट उत्प्रेरित सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानले नै बिगतका बर्षहरुझै यस पटक पनि उल्लेख्य दान रकम झन्डै ४ हजार पाउन्ड संकलन गर्न सफल भएको छ। यसले समाजका सदस्यहरु र शुभचिन्तकहरु बिचको पारसपरिक समजदारि, लगनसिलता र दरिलो एकता प्रतिबिम्बित गरेको छ।
तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा महा सचिब धरम बल गुरुङले संचालन गरेको देउसि भैलो २०२२ कार्यक्रमको संयोजन उपाध्यक्ष भिम बहादुर गरुङले गरेका थिए। कार्यक्रम संयोजक उपाध्यक्ष गुरुङलाई दान संकलन कार्यमा कोषाध्यक्ष खेम बहादुर गुरुङ र कार्य समितिका सदस्य जङ्ग बहादुर गुरुङले सघाएका थिए। देउसी भैलो कार्यक्रममा मुलता फर्सद भएका सदस्यहरु र आमा समूहका आमाहरु, जेष्ठ नागरिकहरु तथा दिदिबहिनीहरु जातिय पहिरनमा सजिएर सकृय सहभागिता जनाएका थिए।
समाजका अध्यक्ष शिव कुमार गुरुङ, आमा समुहका अध्यक्ष उमा देवी गुरुङ र जेष्ठ नागरिक तथा आमाहरु श्रद्धेय बुद्धि कुमारि गुरुङ, मन कुमारि गुरुङ, कुबिन्धर गुरुङ र माया गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि आरम्भ गरेको देउसी भैलो कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्ब अध्यक्ष द्वय शिवशरण गुरुङ र अर्जुन कुमार गुरुङ, निबर्तमान अध्यक्ष शिव चन्द्र गुरुङको बिषेस उपस्थिति रहेको थियो। यसैगरि समाजका बिभिन्न पदाधिकारिहरु सल्लाहकारहरु, सदस्यहरु, आमा दिदिबहिनिहरु र युवा भाईबैनिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
दिउसो ४ बजे आरम्भ गरि बेलुका ११ बजे अन्त भएको कार्यक्रममा परम्परागत रुपमा श्री केदार बहादुर गुरुङ र श्रि अर्जुन कुमार गुरुङ ,श्रीमती माया गुरुङ , श्रीमती बिमला गरुङ, श्रीमती मनकुमारि गुरुङ , श्रीमती बिन्दु घले ले देउसि भैलो भट्यउदै र प्रज्वल गुरुङको डिजेमा तिहारको नाचगान गरेर उपस्थित सबैले भरपूर मनोरञ्जन गरेका थिए। कार्यक्रममा आमा समूहको संयोजनमा स्वस्फुर्तरुपले बिभिन्न सदस्यहरुबाट प्रायोजन गरिएका थुप्रै परिकारहरुको स्वदिस्ट खाना र पेया पदार्थ उपस्थित सबैलाई निशुल्क उपलब्ध गराएका थिए ।