क्वोने (घोतने/घोन्डे) चेलीबेटीहरुद्वारा ऐतिहासिक भब्य तिहार कार्यक्रम
मिचेट ह्याम्पसायर । क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटीहरुद्वारा तमु धि यूकेको मिचेट स्थित भवनमा हिजो अक्टोबर १६ तारिख आइतबार आउँदै गरेको २०७९ सालको शुभ दिपावली अर्थात तिहारको अबसर पारेर माइती दाज्युभाइहरुलाई निमन्त्रणा गरी सामुहिक रुपमा टिका, माला तथा टोपी लगाइ भाईटिका मनाए । घर घरमा ब्यक्तिगत रुपमा दाज्युभाइहरुलाई निमन्त्रणा गर्न नसके त पनि परिबेश सुहाउँदो तथा ठाउँ अनुसार यसरी सामुहिक रुपमा दाज्युभाइ तथा दिदीबहिनीहरु जम्मा भई भाईटिका गर्दा साँचैकै तिहारको झल्को तथा अनुभब भएको थियो ।
दिदीबहिनीहरु मध्ये जेष्ठ सदस्य ८४ बर्षिय लक्ष्मी गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी श्रीमती लक्ष्मी गुरुङ, क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी प्रमुख श्रीमती चन्द्रादेबी गुरुङ तथा क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्ष क्याप्टेन पितम्बर गुरुङद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उध्दघाटन गरेको थियो । त्यस लगत्तै नेपालको राष्ट्रिय गान बजाइएको थियो र यस बर्ष स्वर्गरोहण हुनुभएका कुलपित्रीहरुको नाममा एक मिनट मौन धारण गरेको थियो । लगत्तै क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी उप-प्रमुख श्रीमती पन्च गुरुङले स्वागत मन्त्यब्य दिनुहुँदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
तत क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समुहकी बरिष्ठ सल्लाहकार श्रीमती नन्द देबी गुरुङ तथा क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको निबर्तमान अध्यक्ष तथा संरक्षक अ.ले. चन्द्र गुरुङ, समाजको अध्यक्ष पिताम्बर गुरुङ तथा बरिष्ठ सल्लाहकार हरी गोबिन्द गुरुङ लगयात अन्य पदाधिकारीहरु र ज्वाँईहरुको तर्फबाट तमु धि यूकेको अध्यक्ष हितकाजी गुरुङको अनुपस्थितीमा अर्को ज्वाँई तमु धि यूकेको बरिष्ठ उपाध्यक्ष हरी गुरुङले शुभकामना मन्तब्य दिनुभएको थियो ।
तत क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समुहकी बरिष्ठ सल्लाहकार श्रीमती नन्द देबी गुरुङले तिहारको शुभ अबसर पारेर दिदीबहिनीहरुद्वारा यस किसीमको रमाइलो र महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा धेरै धेरै धन्यवाद तथा सफलताको लागि शुभकामना दिनुभयो । त्यस्तै क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको संरक्षक अ.ले. चन्द्र गुरुङले आफ्नो दिदीबहिनीहरुको प्रशंसा गर्नुहुँदै कोन्स्यो दिदीबहिनीहरुले प्राय कुराहरुमा किर्तिमान कायम गरिरहेको र यस बर्ष तिहार अर्थात दिपावलीको अबसर पारेर सामुहिक भाईटिका आयोजना गरी अर्को ईतिहास वा किर्तिमान कायम गरेकोमा सम्पूर्ण दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो । संरक्षक गुरुङले यो एउटा रमाइलो कार्यक्रम भएपनि तिहार धार्मिक द्रिष्टीले महत्वपूर्ण चाड भएको र यस चाडले परिवारको मेलमिलाप अनि दिदीबहिनीहरु र दाज्युभाइहरुको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने कुरा बताउनुभयो । उहाले अरु चाडहरु भन्दा तिहार बढी समाबेशी तथा करुणाले भएको चाड हो किन भने तिहारमा हामीले “पशुपंछी देखी जनावरहरुको पनि पूजा गर्ने गर्छौ” भन्नुभयो । यस किसिमको महत्वपूर्ण चाडपर्बको संरक्षण, सम्बर्ध्दन तथा सम्बर्ध्दन गर्नुपर्ने हामी सबैको दयित्व रहेको कुरा बताउनुभयो ।
क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्ष क्याप्टेन पितम्बर गुरुङले एकदमै अनऔपचारिक र चाखलाग्ने गरी उहाँ कलेज पढ्नुहुँदा बहिनीले भुट्काबाट पैसा निकालेर सहयोग गरेको ब्यक्तिगत अनुभब तथा स्मरण सुनाउनुहुँदै दाज्युभाइ तथा दिदिबहिनीहरुको सम्बन्धबारे प्रकाश पार्नुभएको थियो । अध्यक्ष पिताम्बर गुरुङले दिदीबहिनी र दाज्युभाइको सम्बन्धबारे प्रमुख छ वटा महत्वपूर्ण बिषयमा प्रकाश पार्नुहुँदै दाज्युभाइका निम्ती दिदीबहिनी एउटा सच्चा- मित्र, समिक्षक, प्रेमी, समर्थक र सहरा रहेको कुरा बताउनुभयो । उहाँले ऋणमा परेको तीन दाज्युभाइको परिवारलाई बाबा मरेर अन्त्यष्टी गर्ने समयमा परेको समस्यालाई बहिनीले दुनो भैसी बेची दाज्युभाइको ऋण चुक्ता गरी समस्या समाधान गरेको कहानी वा उध्दाहरण सुनाउनुहुँदै दाज्युभाइ तथा दिदीबहिनीको सम्बन्धको महत्वबारे स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको बरिष्ठ सल्लाहकार हरी गोबिन्द गुरुङले तिहार वा यमपञ्चक पर्ब/चाड धर्म नभई यो एउटा संस्कार सँस्कृति भएको कुरा बताउनुभायो । आफ्नो दाज्यु यमलाई शत्रुहरुले घेराबन्दी गरी दु:ख दिएको अवस्थामा बहिनी यमुनाले दाज्युको सधैं बिजयी होस् भनी सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्दै टीका तथा अशिर्बाद दिएको वा चढाएको क्षण नै पछी प्रचलन (संस्कार/सँस्कृति) भएको कुरा उल्लेख गर्नुभयो । ओक्खर फुटे जसरी आफ्नो दाज्युलाई अक्रमण गर्न आउने शत्रुहरुको टाउको फुटोस भनी कामना गर्दै ओक्खर फुटाएको, इन्द्रेणी जस्तै सप्तरङ्गी सरह दाज्युको जीवन पनि उज्यालो अनि सुखमय होस् भनी कामना गरेको कुरा प्रष्ट पार्नुहुँदै भाईटीकाको दिन गरिने हरेक कार्यहरुको अर्थ र धार्मिक महत्व रहेको कुरा बताउनुभयो ।
त्यस्तै प्रमुख अथिती श्रीमती लक्ष्मी गुरुङले कार्यक्रममा सरीक हुन पाउदा ज्यादै खुशी लागेको र आफुलाई प्रमुख अतिथीको रुपमा निमन्त्रणा गर्नुभएको पनि धन्यवाद दिनुभयो । उहाले उपस्थित सबैलाई अशिर्बाद दिनुहुँदै घरपक्ष तथा माइतीपक्ष दुबैको जय जय होस् भनी सबैलाई माया अनि अशिर्बाद दिनुभयो । उहाँको सुपुत्र तमु धि यूकेको बरिष्ठ उपाध्यक्ष हरी गुरुङ ज्वाँईसापले क्वोनेहरुप्रति (घोताने/घोन्डे) आफ्नो परिवार सधैं क्रितज्ञता रहेको र असल नारीले सम्हालेको घरमा सधैं सुख शान्ती हुने भएकोले आफ्नो घरको सुख, शान्ती तथा सम्ब्रिध्दीमा क्वोन्स्यो श्रीमतीको ठुलो भूमिका रहेको कुरा बताउनुहुँदै सराहना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बेलायतको स्थानीय निर्वाचनमा निरन्तर दुइपटक काउन्सिलर पदमा बिजयी हुनुभएका निबर्तमान उप-मेयर लक्ष्य गुरुङ तथा उहाँको श्रीमाती शोभा गुरुङ, नव निर्बाचित काउन्सिलर कमल गुरुङ तथा उहाँको श्रीमती माया गुरुङ, चार भञ्ज्याङ तमु समाज यूकेको नव निर्वाचित अध्यक्ष बेन कुमार गुरुङ तथा उहाँको श्रीमती तारा गुरुङ, सफल व्यवसायी दिलरास गुरुङ, पूर्व चेलीबेटी प्रमुख राजकुमारी गुरुङ आदिलाई फेटा लगाइ र सौल ओढाइ सम्मान गरेका थिए ।
कार्यक्रमको लागि चेलीबेटीहरु आफैले स्वादिलो खानाको ब्यवस्था गरेका थिए भने दाज्युभाइहरुलाई भाईमसला, रक्सी र सेलरोटीसहितको उपहार पनि दिएका थिए । साथै तिहारको केक पनि काटेका थिए । कार्यक्रममा क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका पदाधिकारीहरु, तमु धि यूकेको अध्यक्ष हितकाजी गुरुङ तथा बरिष्ठ उपाध्यक्ष हरी गुरुङ, तमु धि यूकेको भुपु अध्यक्ष ज्ञाम गुरुङ, तमु धि यूकेको संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, काउन्सिलर द्वय लक्ष्य गुरुङ र कमल गुरुङ, चार भञ्ज्याङ तमु समाजका अध्यक्ष बेन गुरुङ, तमु समाज यूकेको भुपु अध्यक्ष अर्जुङ गुरुङ लगायतका ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।
औपचारिक कार्यक्रम क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समुहकी महासचिव तथा कार्यक्रम संयोजक लीना गुरुङले सञ्चालन गरेकी थीईन भने कार्यक्रमको अन्त्यमा चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुको साथसाथै यस ऐतिहासिक कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरु र माइतीपक्षलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिइन् ।
फोटो सौजन्या- मिलन गुरुङ, प्रबन्धक- गोर्खा मिडिया यूके