तमु समाज यूकेले १५औं वार्षिक उत्सव भब्य मनाए

नारायण सिंह गुरुङ- मिडिया सचिब तमु समाज युके

लण्डन । तमु समाज यूकेले समाज स्थापनाको दिवस पारेर गत सेप्टेम्बर ३० तारिख २०२२ साल शुक्रबार बेलुका लन्डन विम्ब्ली स्थित आफ्नै समाज घरमा पन्ध्रौं वार्षिकउत्सव भब्य रुपमा मनाए । छैटौं कार्य समितिको बैठकले पारित गरे अनुरूप सानो स्तरमा पारिवारिक माहोलमा पन्ध्रौं वार्षिक उत्सव मनाएको हो ।

लन्डन बोरो अफ बार्नेट काउन्सिलका नव निर्वाचित काउन्सिलर तथा तमु समाज युकेका सल्लाहकार कमल गुरुङ प्रमुख अथीति रहेको कार्यक्रमको औपचारिक उधघाटन अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल कुमार गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर श्रीगणेशा गरेका थिए । साथै कोभिड तथा अन्य कारणले मृत्‍यु भएका सदस्यहरुको सम्झना र आत्म शान्तिको लागि १ मिनेट मौन धारण गरेको थियो ।

सभाको सभाध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि कमल गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समुहको अध्यक्ष श्रीमति उमा देवी गुरुङ लगायत अन्य बुद्धिजीवी, महानुभावहरु, सल्लाहकारहरु सबैलाई क्रमैसंग आसन ग्रहण गराए पछि कार्यक्रममा स्वागत मन्तब्य राख्दै अध्यक्ष शिव कुमार गुरुङले यस समाजले राखेका पवित्र उद्देश्यहरू र हाल सम्म हरेक क्षेत्रमा हासिल गरेका उपलब्धीहरुको फेहरिस्तको जानकारी गराए । त्यस्तै संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले स्थापना कालको प्रथम कार्य समिति देखि हालको छैटौं कार्यसमितिका सम्मका नेतृत्वमा रहेका अध्यक्षहरु, आमा समुहका पूर्व देखि वर्तमान सम्मका अध्यक्षहरु सबैको सबल नेतृत्व र सबैको साथ सपोर्ट कै कारण समाजले आज यो उचाई प्राप्त गर्न सफल भएकोमा सबैलाई धन्यबाद दिदै शुभकामना मन्तब्य दिनुभयो ।

औपचारिक कार्यक्रममा बिचमा सुमिना गुरुङ, दिया लिम्बु र ओशिन राना मगरको एउटा कौडा नृत्यको प्रस्तुतिको मज्जा लिँदै समाजलाई तमु समाज युकेका सदस्यहरु तथा कार्यसमितिका पदाधिकारिहरु बिभिन्न संघ संस्थामा नेतृत्व तथा बिशिष्ठ पदमा नवनिर्वाचित सदस्यहरु र अहोरात्र खटेर योगदान दिने सदस्यहरुको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२२ बाट सम्मान गरेको थियो ।

सम्मानीत ब्यक्तित्वहरु

तमु समाजका सदस्य तथा कार्य समितिका पदाधिकारिहरु बिभिन्न संघ संस्थामा नेतृत्व तहमा तथा बिशिष्ठ पदमा समाहल्न सफल हुनु भएका नव निर्वाचित बृगेड अफ गोर्खाज ईन्टेक १९८४ वाला संस्थाका अध्यक्ष भिम बहादुर गुरुङ, चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेन कुमार गुरुङ, तनहु समाज युकेका संरक्षक लेख बहादुर गुरुङ र उहाँहरुको अर्धाङगिनिहरुलाई फेटा तथा दोसल्ला ओडाई बधाई तथा शुभकामना दिएका थियो ।

उत्कृष्ट समाज सेवा कदर पत्रबाट सम्मानित हुनु हुने ब्यक्तित्व हरुलाई समाजका अध्यक्ष शिब कुमार गुरुङले फेटा लगाई सम्मान गरेका थियो भने प्रमुख अतिथी लन्डन बरो अफ ब्रेन्टका काउन्सिलर कमल गुरुङले कदर पत्र प्रदान गरेका थियो । उत्कृष्ट समाज सेवा बाट सल्लाहकार काशीराज बोहोरा, पुर्व संस्कृतिक सह-सचिब सन्तोक गुरुङ, सल्लाहकार ले.रि मिम बहादुर गुरुङ, आमा समुह पूर्व उपाध्यक्ष श्रीमती पुष्प गुरुङ, निबर्तमान सस्कृतिक सचिब श्रीमती सरु गुरुङ राना सम्मानित हुनुभएको थियो । समाज सेवा सम्मान पत्रबाट ढक बहादुर थापा मगर सम्मानित हुनुभयो भने नेपाल आइडल सिजन ४ को विजेता भूपेन्द्र थापा मगर, भोइस अफ नेपाल सिजन ३ को उपविजेता सुश्री तारा शिरिष मगरलाई पनि स्वागत तथा सम्मान गरियो । सम्मान पत्र प्रदान गर्दा के विधामा के योगदान दिएको भन्ने कुरा प्रमाण पत्रमा लिखित शब्दहरूलाई सचिव धरम बल गुरुङले क्रमस वाचन गर्दै प्रदान गरेका थिए ।

त्यस्तै तमु समाज युके यस वर्ष तमु धी युकेद्वारा आयोजित तेह्रौं नेपाली मेलामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्न सफल भएको र एम्बासीडोर कपमा तेश्रो स्थान विजय गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उक्त मेलामा सक्रिय रुपमा लागेर समाजलाई योगदान दिनु हुने सदस्यहरु र कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो र उक्त मायाको चिनो प्रदान गर्नु पूर्व अध्यक्ष शिव कुमार गुरुङले नेपाली मेला सम्बन्धमा तयार पारिएको छोटो भिडियो क्लिप पर्दामा देखाइएका थिए ।

मायाको चिनो प्राप्त गर्नु हुने सदस्य तथा कलाकारहरुमा- पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन कुमार गुरुङ , सल्लाहकार सुश्री बिजु गुरुङ, सल्लाहकार उदय गुरुङ , सल्लाहकार ज्ञान बहादुर गुरुङ , सदस्यहरु श्रीमति सूर्य कुमारी गुरुङ, श्रीमती लिल कुमारी गुरुङ ,श्रीमती कुबिन्धर गुरुङ, गोपाल गुरुङ, सुवास गुरुङ, प्रज्वल गुरुङ, पर्व संस्कृतिक सचिब सन्तोक गुरुङ, निवर्तमान संस्कृतिक सचिब श्रीमती सरु गुरुङ राना, तमु साँस्कृतिक मञ्च युकेका अध्यक्ष कुमार गुरुङ, कलाकारहरुमा सुश्री जरिना गुरुङ, सुश्री सुमी गुरुङ, सुश्री दिया लिम्बु, सुश्री गिरिसा सुवेदी, सुजिता गुरुङ र सुश्री ओसिएन राना ,सुश्री निया राई थिए । र उक्त मायाको चिनु अध्यक्ष श्री शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निबर्तमान अध्यक्ष शिब चन्द्र गुरुङ र आमा समुहका अध्यक्ष श्रीमति उमा देवी गुरुङको हातबाट प्रदान गरिएका थिए ।

मायाको चिनो प्रदान गरे पश्चात एकातिर खानाको स्वाद लिदै करिब १० बजे पन्ध्रौं वर्ष उत्सव केक काटेका थिए र उक्त केक अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षहरु शिव शरण गुरुङ, अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ, आमा समुहको अध्यक्ष श्रीमति उमा देवी गुरुङ आदिले केक काटी संयुक्त रुपमा स्यामपियनको स्वादमा रम्दै त्यस पश्चात प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले छोटो मन्तब्य राखेका थिए । वहाँले समाजको संस्थापक अध्यक्ष देखि हाल सम्मका अध्यक्षहरुको सबल नेतृत्वको कारण समाज आज “टाढाको देउता भन्दा नजिकको भूत राम्रो भन्ने उक्तिलाई उल्टो साबित गर्दै टाढाको देउता नै राम्रो भन्ने कुरा साबित गराउन सफल बनाएकोमा सबैलाई मुक्त कण्ठले प्रशंसा गर्दै सबैलाई धन्यबाद दिनु भयो । अन्तमा उपाध्यक्ष श्रीमति बिन्दु घलेले सबै पक्षलाई समेट्दै सबैको अथक प्रयासले गर्दा आजको यो कार्यक्रम सफल भएकोमा सबैलाई धन्यबाद दिदै कार्यक्रमलाई समापन भएको औपचारिक घोषणा गरेका थिए।

अन्तमा हाल नेपाल देखि भ्रमणको क्रममा बेलायतमा रहनु भएका अतिथि कलाकार द्वय भूपेन्द्र थापा मगर (नेपाल आइडल सिजन ४ को विजेता) र सुश्री तारा शिरिष मगर (भोइस अफ नेपाल सिजन ३ को उपविजेता) को मन्त्रमुग्ध स्वरमा गीत गाउँदै उक्त गीतमा खुशीको डान्समा सबैजना रम्दै तमु समाज युकेको पन्ध्रौं वार्षिक उत्सव अन्त भएको थियो ।