बेलायतमा गुरुङ फिल्म “शिरसुबा” भब्य प्रदर्शन

अल्डरसट । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकद्धारा निर्मित चर्चित गुरुङ फिल्म “शिरसुबा” बेलायतमा भब्यताका साथ प्रदर्शन भईरहेको छ । अस्ति शुक्रबार स्विन्डनको सफल प्रदर्शन पछी हिजो अल्डरसट स्थित प्रिन्सेस हलमा उक्त फिल्मको शो भएको थियो । पिपल मर्गेज प्रमुख प्रायोजक रहेको हिजोको शो हाउसफुल भएको थियो र दर्शकहरुले फिल्म उत्कृष्ट रहेको प्रतिकृया दिएका छन । फिल्म हेरिसकेपछी दर्शकहरुले आनन्द मानेको र यस किसिमको फिल्म बनाउन कथाकार तथा निर्माता बिमल गुरुङलाई हौसला दिएका थिए ।

गुरुङ भाषा, भेषभुषा र संस्कृतिमा आधारित यस फिल्ममा घान्द्रुक तथा घान्द्रुक वरपरको अकार्षक द्रिष्यको छायंकन गरिएको छ । गुरुङ तथा नेपाली दुबै भाषा भएकोले गुरुङ भाषा नबुझ्नेले पनि उक्त फिल्म सजिलै बुझ्न सकिन्छ । बिशेषत गुरुङ गाउँघरको चालचलन र पटकथा देखाएको उक्त फिल्म शिक्षामुलक रहेको दर्शकहरुले प्रतिकृया दिएका छन ।

चलचित्रका कथाकार विमल गुरुङको अनुसार चलचित्र प्रदर्शनबाट उठेको सम्पुर्ण रकम परोपकारी कामको लागि उपयोग गर्ने कुरा खबर युकेलाई जानकारी गराएका छन । गाउँ ठाउँँको भाषा, भेषभुषा र संस्कृतिको संरक्षण तथा प्रबर्ध्दनमा तल्लिन ब्रेज मेश्रो फिल्म प्रोडक्सनले फिल्म प्रदर्शन मार्फत प्राप्त नाफा घान्द्रुक कै सामाजिक बिकासको निम्ती प्रायो गरिदै आएको छ । यसै प्रालिद्वारा निर्मित यस अघिको गुरुङ फिल्म “भ्रे” बाट उठेको मुनाफा घान्द्रुक स्थित रोधी क्लब भवन निर्माणमा सहयोग गरेको थियो ।

कोभिडको कारण फिल्म क्षेत्रमा पनि ठुलो क्षति भएता पनि “शिरसुबा” चलचित्रले नेपालमा राम्रो बजार लिएको थियो । “शिरसुबा” प्रदर्शनबाट प्राप्त जत्ति पनि नाफा अन्नपूर्ण गाउँ पालिका- १०, घान्द्रुक गाउँको श्री मेश्रम बाराह स्कुलको कक्षा ११ र १२ को उच्च माद्यामिक बिद्यालय संचालनको निम्ती सहयोग गरिनेछ ।

यूकेमा “शिरसुबा” प्रदर्शनको लागि चर्चित मर्गेज कम्पनि पीपल मर्गेजले प्रायोजन गरेका छन । साथै घान्द्रुक समाज यूके, तमु धिं यूके, ग्रेटर रशमुर नेपाली समाज तथा क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेले सहयोग गरेका छन ।

शिरसुबा फिल्म अगामी सेप्टेम्बर ११ तारिख योर्क र १८ तारिख प्लम्स्टेड लण्डनमा प्रदर्शन गरिनेछ ।