नेपाली मेला २०२२ को तयारी पुरा : तमु धि यूकेको चुल्हो निम्तो
मीचेट, ह्याम्पसायर । तमु धि यूकेले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको बेलायतमा नेपालीहरुको सबैभन्दा ठुलो मेला नेपाली मेला-२०२२ को सम्पूर्ण तयारी पुरा भएको कुरा तमु धि यूकेको मिचेट स्थित आफ्नै भवनमा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मुल नाराको साथ हरेक बर्ष आयोजना गर्दै आइरहेको नेपाली मेला यस पटक १३औ सस्करणको मेला हुनेछ ।
तमु धि यूकेको अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली मेला २०२२ को संयोजक तमु धि यूकेको बरिष्ठ उपाध्यक्ष हरी गुरुङले यस बर्षको नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ३२ टिम वा संस्थाहरु र स्टेजतर्फ १४ टिमहरुले भाग लिने कुरा जानकारी गराउनुभयो । सधैंको जस्तो नेपाली मेलाको प्रमुख आकर्षणहरु भनेको सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, धौलागिरि नौमती बाजा, जनचेतना र ब्यापार ब्यवसायको कम्पनीहरुको बिभिन्न स्टलहरु रहने कुरा जानकारी गराउनुभयो ।
संयोजक हरी गुरुङका अनुसार यस बर्ष पनि “नेपाली मेलामा एम्बेसडर कपको” बिजेता टिमले नगद ११०० पाउण्ड, दित्तिय हुने टिमले ७०० पाउण्ड र तृत्तिय हुने टिमले ५०० पाउण्ड नगद पुरुस्कार पाउनेछन र २ वटा सान्त्वना पुरुस्कारको पनि ब्यवस्था गरिएको कुरा जानकारी गराउनुभयो । त्यस्तै झाँकी तर्फ प्रथम हुनेले ५०० पाउण्ड, दोस्रो हुनेले ३०० पाउण्ड र तेस्रो हुनेले २०० पाउण्ड र २ वटा सान्त्वना पुरुस्कार प्रदान गरिनेछ । नृत्यतर्फ प्रथम, दित्तिय र तृत्तिय हुने टिमले नगद पुरुस्कार क्रमश: ५०० पाउण्ड, ३०० पाउण्ड र २०० पाउण्ड र २ वटा सान्त्वना पुरुस्कार प्राप्त गर्नेछन ।
सधैंको जस्तो एम्बासाडोर कपको प्रायोजन लन्डनस्थित नेपाली राजदुतावासले प्रायोजन गर्नेछ भने झाँकीको पुरुस्कार एलएन पाण्डे, नृत्यको तर्फको पुरुस्कार पुरन गिरीले प्रायोजन गर्ने भएका छन । यस बर्षको नेपाली मेला आयोजनाको निम्ती झन्डै सैत्तिस हाजर पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ ।
नेपालीमा मेलाको प्रमुख अतिथिमा बेलायतका लागि महामहिम नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहनु हुनेछ भने बिशेष अतिथिहरुमा बंगलादेशको राजदुत लगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु हुने छन। अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, काउन्सिलरहरु र मिलिटरी अट्याची कर्नेल रत्न बहादुर गोदार लगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने छन ।
नेपाली मेला-२०२२ भब्य तथा सफलतापुर्बक सन्चालन गर्न प्रमुख संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष हरि गुरुङ, एडमिन संयोजकमा उपाध्यक्ष जुमकाजी गुरुङ, स्टल संयोजकमा उपाध्यक्ष तुलाराम गुरुङ, कार्यक्रम संचालन तथा संयोजकमा महासचिब परशुराम गुरुङ, कार्यक्रम सहसंचालक तथा सहसंयोजकमा सचिब प्रेम गुरुङ, पाहुना सत्कार संयोजकनमा मेजर कृष्ण गुरुङ, मिडिया संयोजक सर्बिंद्र कुमार (एसके) गुरुङलाइ मुख्य जिम्मेवारी तोकिएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएका अध्यक्ष हितकाजी गुरुङले उपस्थित पत्रकारहरुलाई धन्यवाद दिनुहुँदै बेलायत स्थित सम्पूर्ण नेपालीलाई नेपाली मेलामा चुल्हो निम्तो गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुब राज अर्याल, नेफिन युकेका अध्यक्ष तथा ग्लोबल दैनिकका सम्पादक कर्मा पहाडी शेर्पा, फोनिज युकेका अध्यक्ष गोमा राना,पत्रकारहरु मंजु भण्डारी, विश्वासदीप तिगेला, नेपाली मामिलाको खुशी लिम्बु, कान्तिपुर संवाददाता नविन पोखरेल, नरेन्द्र बस्नेत, बाचस्पति रेग्मी, बम बहादुर सुर्यबंशी, लन्डन नेपाल न्युजको शीव भण्डारी तथा प्रकास कडेल, दुत पुन, नरेन्द्र नेम्बाङ, मीलन तमु गुरुङ, इर्जा श्रेष्ठलगयातका पत्रकारहरु उपस्थित हुनुहुन्थ्यो । पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरु र जिज्ञासाहरुको जवाफ मेलाको संयोजक हरि गुरुङ तथा अध्यक्ष हितकाजी गुरुङले दिएका थिए ।
कार्यक्रममा तमु धि युकेका संथापक अध्यक्ष तथा ट्रष्टी मिन प्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, बरिष्ठ साहित्यकार तथा ट्रष्टी एकेन्द्र गुरुङ, आमा समुहका प्रमुख सीता गुरुङ, बर्तमान तथा निबर्तमान पदाधिकारीहरु र संस्थाका सल्लाहकारहरु उपस्थित हुनुहुन्थ्यो ।
अगष्ट महिनाको बैंक होलिडे पारेर आयोजना गरिने यस मेला अगामी हप्ता अगष्ट २८ तारिख २०२२ साल आइतबार पहिलाकै स्थान; लन्डनको केम्टन पार्क रेसकोर्समा आयोजना हुँदैछ र तमु धि यूकेले यूके स्थित सम्पूर्ण नेपाली समाजहरुलाई चुल्हो निम्तो गरेको छ । सधैंको जस्तो यस बर्षको नेपाली मेला पनि भब्य र सभ्य हुने आयोजक तमु धि यूकेले अपेक्षा गरेका छन ।