कुलमान पनि ओशो तपोवनमा नाच्दै (भिडियो)

काठमाण्डौ । बिध्दुत उत्पादन, खपत र बजार व्यवस्थापनमा निकै व्यस्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौँस्थित ओशो तपोवन पुगेका छन् । राजनीतिक नेताहरू स्वामी आनन्द अरुणले सञ्चालन गरेको तपोवन आश्रम पुगेर ध्यान गर्ने क्रम बढेसँगै घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ देखिएका हुन् ।

आनन्द अरुणले आफ्नो टिकटकमा गेरुवस्त्र लगाएर आफूसँगै नाचिरहेका घिसिङको भिडिओ सार्वजनिक गरेका छन्। भिडिओमा कार्यकारी निर्देशक घिसिङसहित प्राधिकरणका उच्च अधिकारीहरू पनि नाचिरहेका देखिन्छन् ।

बिहीबार मात्रै मधेसका नेता सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो। मधेसलाई छुट्टै देश बनाउने अभियान सञ्चालन गरेपछि जेल परेका राउत अहिले मधेसमा छुट्टै पार्टी चलाएर राजनीतिमा सक्रिय छन्।

त्यस्तै बिहीबार नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि स्वामी अरुण र उनको टोलीसँग तपोवनमा नाच्दै गरेको भिडिओ सार्वजनिक भएको थियो ।

@swamianandarun1 Kulman Ghising at Tapoban. Enjoying kundalini meditation. #kulmanghising #swamianandarun #nepalelectricityauthority #fyp ♬ original sound – Swami Anand Arun

सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

काठमाडौं, १२ साउन । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ । जो कोही व्यक्ति एक हप्तासम्म ध्यानमा बसेपछि उनीहरु सन्यासका लागि योग्य हुन्छन् । ध्यानमा बस्न सक्नेहरु, आफ्नो विचारलाई नियन्त्रणमा राख्न सक्ने, सांसरीक सुख त्याग्न सक्ने र सही आचरणमा बस्न सक्ने मात्रै सन्यासी प्राप्त गर्न सक्छन् ।

सन्यास लिएपछि पाएको माला आजीवन गलामा राख्न पर्ने बताइन्छ । राउतले गेरु वस्त्र लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।