पूर्वएआईजी नरेश गुरुङ तथा सफल व्यवसायी विजय गुरुङलाई बेलायतमा स्वागत तथा सम्मान
गत शनिबार २४ जुलाई २०२२ साल क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले नेपालबाट बेलायत भ्रमणमा आउनुभएका क्वोने (घोताने/घोण्डे) गुरुङ समाज नेपालका सल्लाहकार समाजसेवी द्वय- पूर्वएआईजी नरेश गुरुङ तथा उहाँको धर्मपत्नी मिना गुरुङ र सफल व्यवसायी विजय गुरुङ तथा उहाँको धर्मपत्नी सम्झना गुरुङ समाजको तर्फबाट बेलायतमा स्वागत तथा सम्मान गरेका छन ।
पुर्बी लण्डन विलवीच प्लम्स्टेड स्थित बारकोड रेस्टुरेन्टमा सम्पन्न विशेष कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष कुमार गुरुङलगायतले बेलायतवासी कुलपरिवारको तर्फबाट प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई मायाको चिनो, फुल र क्रेगी लगाइ सम्मान तथा औपचारिक स्वागत गरे । कार्यबाहक अध्यक्ष कुमार गुरुङले विजय र नरेशलाई मायाको चिनो अनि चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले उहाँहरुको धर्मपत्नीहरुलाई सौल (पछ्यौरी), खादा र फूलले स्वागत लगाइदिनुभई स्वागत अनि सम्मान गरेकी थिइन् ।
अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ कामविशेषले नेपाल जानुभएकोले कार्यक्रमको अध्यक्षता कार्यवहाक अध्यक्ष कुमार गुरुङले गरेका थिए । स्वागत तथा सम्मान ग्रहण गर्दै प्रमुख अतिथि पूर्वएआईजी नरेश गुरुङले आफू बेलायतवासी कुलपुत्र-कुलपुत्री तथा बडाकुटुम्बहरु एवं विभिन्न संघसंस्थाहरुबाट स्वागत सम्मान पाउँदा अत्यन्तै गौरवान्वित रहेको भन्दै खुसी व्यक्त गरे ।
उनले नेपालमा केन्द्रीय भवन निर्माणसम्बन्धी भइरहेको प्रगति, वंशवली लेखन प्रक्रियामा भएको गतिविधि, विश्वभरका क्वोने (घोताने/घोण्डे) गुरुङहरुलाई संगठित गर्ने र आफ्नो कुल परिवार, समुदायको हित र उत्थानमा लागिरहेको लगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष लेप्टेन चन्द्रबहादुर गुरुङ, संरक्षक प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ, राम गुरुङलगायतले राखेको जिज्ञासासम्बन्धमा प्रमुख अतिथि गुरुङले प्रस्ट पारेका थिए ।
त्यस्तै अर्का विशेष अतिथि केन्द्रीय सदस्य युवा उद्यमी सफल ब्यवसायी विजय गुरुङले पनि स्वागत सम्मानको लागि धन्यवाद आभार प्रकट गर्दै आफ्नो भनाइ राखेका थिए ।
क्वोंने चेलीबेटी विभागको सक्रियता र समन्वयमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक नरजंग गुरुङ, निवर्तमान अध्यक्ष तथा संरक्षक लेप्टेन चन्द्रबहादुर गुरुङ, समाजको बरिष्ठ सल्लाहकार हरिगोविन्द गुरुङ, साउथ ईस्ट रिजनल तमुधिं यूकेका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्रीचन्द्र गुरुङ, उपाध्यक्ष विन्दु गुरुङ, सोंपाल समाज यूके महिला समूहका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका उपाध्यक्ष कवि माया गुरुङ, ‘माइला कान्छा अभियान’ की पार्वती गुरुङ, डाइमण्ड बुद्धिस्ट सेन्टरका प्रमुख सल्लाहकार तथा निर्वतमान उपाध्यक्ष मिना गुरुङ/राम गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके निवर्तमान चेलीबेटी प्रमुख राजकुमारी गुरुङ, क्वोने घोतानेका ज्वाँई क्याप्टेन नारनबहादुर गुरुङ एमभिओलगायतका विभिन्न संघसंस्थाका व्यक्तिहरु सहभागी थिए ।
त्यस्तै, क्वोंने संस्था यूके उपाध्यक्षलगायत कार्यसमितिका पदाधिकारी सदस्यहरु, सल्लाहकार तथा वंशावली कार्यमण्डलका कार्यवहाक सचिव राम बाबुकाजी गुरुङ, युवा चलचित्रकर्मी तथा “शिरसुवा” चलचित्रका कथाकार तथा निर्माता बिमल गुरुङ, गोर्खामिडियाडटकमका प्रबन्ध निर्देशक मिलन तमु, कुल परिवारका सदस्यहरु तथा कुटुम्ब परिवारका ज्वाँइ, भान्जा भान्जीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जगदीश गुरुङले स्वागत मन्तव्य र चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याएका थिए । कार्यक्रम क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको महासचिव ईन्द्र घोतानेले सञ्चालन गरेका थिए भने लन्चको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा दुबै अतिथीलाई समाजको तर्फबाट “मायाको चिनो” प्रदान गरेको थियो ।