सिक्लेस पार्चे समाज यूकेले गुरुङ (तमु) त्रि-भाषिय पुस्तक प्रकाशनको लागि ४२ सय पाउण्ड सहयोग
कास्कीको पर्यटकिय गाउँ सिक्लेस पुर्ख्यौली घर भई हाल यूकेमा बसोबास गरिरहेका सिक्लेसी तथा पार्चेलीहरुको साझा संस्था वा समाज सिक्लेस पार्चे समाज यूकेले तमु सांकृतिक फोरुम यूकेद्वारा प्रकाशन्मुख “गुरुङ (तमु) त्रि-भाषिय पुस्तक” प्रकाशनको लागि ४२ सय पाउण्ड सहयोग गरेको कुरा तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ सिक्लेसीले खबर यूकेलाई जानकारी गराउनु भएको छ । त्यस्तै थप सहयोग रकम संकलन भईरहेको कुरा पनि गुरुङले जानकारी गराउनुभएको छ ।
सिक्लेस पार्चे समाज यूकेको हिजो सम्पन्न वार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रममा उक्त सहयोग रकम सिक्लेस पार्चे समाज यूकेका अध्यक्ष पच्यु चिवा जीत बहादुर गुरुङले तमु सांकृतिक फोरुम यूकेका निर्देशक (डाइरेक्टर) क्याप्टेन राजु गुरुङलाई चेक हस्तन्तरण गर्नुभयो । सहयोग रकम हस्तन्तरण गर्दै अध्यक्ष जीत बहादुर गुरुङले यस् शुभ-कार्यको लागि तमु सांकृतिक फोरुम यूकेलाई शुभकामना दिनुहुँदै प्रकाशन्मुख किताब गुरुङ (तमु) समुदयाको लागि एउटा दस्ताबेज हुने विश्वास प्रकट गर्नुभयो । अध्यक्ष गुरुङले पुस्तकमा गुरुङहरुको परम्परा, रितीथिती र संकृति सबै कुराहरु समेट्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै तमु सांकृतिक फोरुम यूकेका निर्देशक (डाइरेक्टर) क्याप्टेन राजु गुरुङले सहयोग रकमको लागि सिक्लेस पार्चे समाज यूकेलाई धेरै धेरै धन्यबाद दिनुभयो । निर्देशक गुरुङले तमु सांकृतिक फोरुम यूकेले सकेसम्म जानकारी मुलक तथा समाबेशी त्रि-भाषिय पुस्तक प्रकाशनमा लागि परेको कुरा जानकारी गराउनुभयो । पुस्तकलाई समाबेशी र जानकारीमुलक बनाउन सिक्लेस पार्चे जस्तो गुरुङहरुको संस्कृति, परम्परा र रितिथितीले धनी गाउँहरुले तमु सांकृतिक फोरुम यूकेलाई बिशेष सहयोग गर्नुहुन अनुरोध गर्नुभयो । “न्याय हराए गोर्खा जानु, परम्परा हराए सिक्लेस जानु” भन्ने गुरुङ भनाइलाई स्मरण गराउँदै निर्देशक गुरुङले यस गुरुङ (तमु) त्रि-भाषिय पुस्तक प्रकाशनमा सिक्लेस तथा पार्चे जस्ता परम्पराले भरिपूर्ण गाउँबाट गुरुङहरुको रितिथिती सम्बन्धमा थुप्रै सुचनाहरु प्राप्त गर्न सकिने कुरा जानकारी गराउनुभयो र यसको लागि सिक्लेस पार्चे समाज यूकेले समन्वय गर्नुहुन अनुरोध गर्नुभयो ।
फार्नबोरो स्थित स्याम्युयल कोडी स्कुलको हलमा सम्पन्न कार्यक्रममा सिक्लेस पार्चे समाज यूकेको यस बर्षको वार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तमु धि यूकेको सन्थापक अध्यक्ष मिन प्रसाद् गुरुङ, तमु सांकृतिक फोरुम यूकेको निर्देशक क्याप्टेन राजु गुरुङ, तमु धि यूकेको निबर्तमान अध्यक्ष तथा सिक्लेस पार्चे समाज यूकेको संरक्षक नन्द जङ गुरुङ, निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ र गायिका एलिना गुरुङ उपस्थित थिए ।
सिक्लेस पार्चे समाज यूकेको महासचिब टन्का मार्टिन गुरुङले संचालन गर्नुभएको औपचारिक कार्यक्रमको अध्यक्षता समाजको अध्यक्ष जीत गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सिक्लेस पार्चे समाज यूकेका थुप्रै सदस्यहरु तथा चेलीबेटी अनि ज्वाँईहरु उपस्थित थिए ।