क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले गायिका एलिना गुरुङलाई बिदाई

अल्डरसट । क्वोने (घोतानेघोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा हाल बेलायतमा रहेकी प्रथम नेपाल स्टार बिजेता गायिका एलिना घोताने गुरुङलाई गत २६ जुन २०२२ साल आइतबार एक कार्यक्रम आयोजना गरी औपचारिक बिदाइ गरेको छ यध्यापी उनी अर्को महिना जुलाईमा मात्रा नेपाल फर्केनेछिन ।

क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समुहद्वारा अल्डरसट स्थित ए-यम रेस्टुरन्टमा आयोजित कार्यक्रममा गायिका एलिना घोताने गुरुङलाई औपचारिक बिदाइ गरेको हो । बिदाई कार्यक्रममा क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी प्रमुख चन्द्र देबी गुरुङले नेपाल स्टार जस्तो प्रतिष्ठित प्रतियोगितामा बिजेता बनेर बिशेष गरी क्वोने (घोताने/घोण्डे) को र समग्र गुरुङहरुकै गौरब बढाएकोमा भदिनी एलिनालाई पुन: बधाई तथा शुभकामना दिएकी थिईन । साथै, चेलीबेटी प्रमुख चन्द्रदेबी गुरुङले नेपाल स्टार बिजेता भदिनी एलिनालाई बेलायतमा आमन्त्रण गरी नेपालीहरुको बिभिन्न कार्यक्रमहरुमा सहाभागी गराउन पाउनु र एलिना क्वोने (घोताने/घोण्डे) गुरुङको छोरी चेली भनेर चिनाउन पाउनु गर्बको कुरा भएको कुरा बताउनुभयो ।

कार्यक्रममा एनआरएनए आइसीसीको महिला सचिब हङकङ निवासी हाल बेलायत भ्रमणमा रहेकी चेली टिका गुरुङलाई पनि क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको तर्फबाट बधाई तथा शुभकामना दियो ।

कार्यक्रम चेलीद्वय- एलिना गुरुङ तथा टिका गुरुङले यसरी माया अनि सम्मान गर्नुभएकोमा हार्दिक धन्यवाद दिईन । साथै क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । क्याप्टेन पितम्बर गुरुङले बिशेष गरी एलिनाको भ्रमण र कार्यक्रमहरुलाई सफल बनाउन मध्दत गर्नुभएका सम्पूर्ण क्वोने (घोतानेघोण्डे) गुरुङ (तमु) समाज यूकेका सदस्यहरुलाई धन्यवाद दिनुभयो र चेलीबेटीज्युहरुलाई बिशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज संरक्षक अनेरी लेप्टेन चन्द्र गुरुङ्ग, यूकेको बरिष्ठ सल्लाहकारहरु हरि गोबिन्द गुरुङ्ग, लेप्टेन थमन सिंह गुरुङ्ग, सस्थापक उपाध्यक्ष नारदमानी गुरुङ्ग, सल्लाहकार टेक बहादुर गुरुङ्ग, ज्वाई क्याप्टेन नारायन बहादुर गुरुङ MVO ,चेलिबेटी उपाप्रमुख प्ँन्चा क्वोंन्स्यो, महासचिब लिना क्वोंन्स्यो, कोषाध्यक्ष ध्रुबा क्वोंन्स्यो लगायत चेलीबेटी समुहको कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु र अन्य क्वोने (घोताने/घोण्डे) दिदीबहिनीहरु उपस्थिति थिए ।

साथै, क्वोने (घोतानेघोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, उपाध्यक्ष कुमार गुरुङ तथा महासचिब ईन्द्र घोथानेको समुहले सोही बेलुका बेलुका अल्डरसट प्रिन्सेस हलमा गायिका एलिना गुरुङको एकल सांगितीक साँझ पनि आयोजना गरिएको थियो ।