काठमाण्डौ नगरसभामा ब्यक्त वडासदस्यको भनाइप्रति तमु संस्थाहरुको आपति तथा भत्सर्ना
काठमान्डौ । गत मिति असार ६ गते २०७९ साल सोमबार काठमाण्डौ महानगरपालिकाको ११ औ नगरसभा अधिबेशनको निती तथा कार्यक्रम सिलसिलामा काठमाण्डौ महानगरपालिका वडा न २२ को वडा सदस्य चन्द्रमान तुलाधारले निती तथा कार्यक्रम राख्ने क्रममा ब्यक्त गरेका तुच्छ अभिब्यक्तीप्रति गुरुङहरुको (तमुहरुको) प्रमुख संस्था तमु ह्युल छोंज धी राष्ट्रिय परिषद र तमु धि नेपालले ध्यानकर्षण हुँदै आपति तथा भत्सर्ना गरेका छन ।
निज चन्द्रमान तुलाधरले तमुहरुको (गुरुङहरुको) महान चाड ल्होसारकोबारे र ल्होसार मनाउने सम्बन्धमा हेयको द्रिष्टीबाट “ल्होसार कि सोसार, टाइम टाइममा टुँडीखेलमा गरेर एकदमै नराम्रो, दुषित पारीदिन्छ, त्यसलाई रोक्नुपर्यो । पोखराको ल्होसार, पोखरामा नै गर्नुस्, किन टुँडीखेलमा ? ल्होसारको नाममा खाली रक्सी खाने, नाचगान, डिस्को गर्ने” जस्ता अत्यन्तै निन्दनिय र गैर जिम्मेवार हल्का टिप्पणी गरेका थिए । निज तुलाधरले टुँडीखेल मात्रा त्यस वरपरको मनिसहरुको (वडाबासीको) पेवा वा ब्यक्तिगत स्थान जस्तो अरु जाति र संस्थाहरुले टुँडीखेलमा कार्यक्रम गर्न पाउन्न वा हुन्न जस्तो अभिब्यक्ती दिएका थिए ।
नेपाल बहु-जाति, बहु-साँस्कृतिक, बहु-भाषिक र बहु-धार्मिक देश हो । बिबिधायुक्त राष्ट्र भए त पनि नागरिकबिच आपसी सदभाब तथा एकता भएको अवस्थामा नव निर्बाचित वडा सदस्यबाट यस किसिमको गैर जिम्मेवार तथा सामाजिक एकतालाई खलल पुर्याउने किसिमको सामन्ती सोंच अभिब्यक्त गर्नु भनेको ज्यादै निन्दनिय रहेको छ । तमु ह्युल छोज धी राष्ट्रिय परिषदले निज चन्द्रमान तुलाधारले ब्यक्त गरेका भनाइहरु नेपालको संबिधान- २०७२ले प्रदत्त गरेको मौलिक अधिकारको रुपमा रहेको स्वतन्त्रको हक, समानताको हक, छुवाछुत तथा भेदभाव बिरुध्दको हक, भाषा अनि संस्कृतिको हक उल्लंघन गरेको ठहर गरेको छ । टुँडीखेल सार्वजनिक स्थान भएकोले सम्बन्धित नगर वा निकायबाट स्विक्रिती लिएर कार्यक्रमहरु गर्न सकिन्छ तर निज तुलाधरले “किन गरेको ?” भन्ने आशय ब्यक्त गरेका थिए ।
निजको भनाईप्रति आपति तथा भत्सर्ना गर्दै तमु धि नेपाल तमु ह्युल छोज धी राष्ट्रिय परिषदले अबिलम्ब निज चन्द्रमान तुलाधारले आफ्नो तुच्छ भनाईप्रति सार्वजनिक माफी माग्न अनुरोध गरेका छन । त्यसैगरी काठमाण्डौ महानगरपालिकाले पनि निज वडा सदस्यलाई सचेत गराउनुपर्ने र काठमाण्डौ महानगरपालिका सबै प्रकारका जातीहरुको बसोबास भएको महानगर भएको र सबै जातीहरुको भाषा तथा सँस्कृतिको संरक्षण, सम्बर्ध्दन अनि प्रबर्ध्दन गर्न प्रतिबध्द गर्नुपर्ने माग गरेको छ ।
साथै दुबै तमु संस्थाहरुले यदि निज चन्द्रमान तुलाधार र काठमाण्डौ महानगरपालिकाले आफ्नो मागहरु बेवास्ता गरेमा चरणबध्द आन्दोलन गर्ने र कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन ।