आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्‍च अदालतमा दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गरेका थिए ।