
बेलायतबासी गीतकार जगदिश गुरुङको “जिन्दगीको भर छैन” बोलको गीत सार्वजनिक
लण्डन । बेलायत निवासी गीतकार जगदिश गुरुङले “जिन्दगीको भर छैन” बोलको गीत बजारमा ल्याएको छ । पहिलो गीत “तिमी फुल बनेर” को सफलतापछि गीतकार गुरुङले दोस्रो गीत बजारमा ल्याएका हुन । चर्चित नेपाली युट्युब च्यानल OSR Digital Entertaining The Nation बाट हिजो जुन ५ तारिख २०२२ साल आइतबार सार्वजनिक गरिएको उक्त गीत गएको एक दिनमै उन्नाइस हजार बढी दर्शकले हेरीसकेका छन ।
आधुनिक पप लयमा गाइएको उक्त गीतमा नेपालकै चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन भने चर्चित गायक कृष्ण काफ्ले तथा नवोदित गायिका ममता गुरुङले उक्त गीत गाएका छन । माया पिरतीमा आधारित उक्त गीत प्रेमका जोडीहरुलाई समर्पित गरिएको छ र गीतमा डिमोन क्षेत्री अनि प्रियन्का आचार्यले प्रेमीप्रेमिका रुपमा अभिनय गरेका छन । ए प्लस स्टोडियोमा कुशल थापाले गीत रेकर्ड गरेका हुन भने म्युजिक अरेन्ज बिषम आचार्यले गरेका हुन । गीतलाई साजन शाहले मिक्सम्याक्स गरेका हुन भने पोस्ट प्रडक्सन कार्य क्याट्च स्टोडियोमा सम्पन्न भएको हो । ज्ञानेन्द्र एस हुमागाई क्यमेराम्यान रहेको उक्त गीतको इडिटिङ भने डिनसोन शाहले गरेका हुन । राहुल बाराइलीले कोरियोग्राफ गरेको उक्त म्युजिक भिडियोको निर्देशन भने उत्तम श्रेष्ठ (शिसिर)ले गरेका हुन ।
स्वोर्गिय बुवा भुवन बहादुर गुरुङ र स्वर्गिय आमा बिष्णु कुमारी गुरुङप्रति समर्पण गरिएको उक्त गीत निर्माणमा डाइनमिक इन्भेस्टमेन्ट कम्पनि काठमान्डौ तथा उपमा अनामनगर काठमान्डौले सहयोग गरेका हुन ।
गीतकार जगदिश गुरुङले धेरै गीतहरू रचना गरेका छन । गुरुङले केही महिना अघि संगीतकार पुष्कर सुनवारसँग मिलेर “तिमी फूल बनेर” भन्ने बोलको गीत भिडियो बनाएर श्रोताहरू माझ प्रस्तुत गरेका थिए । उक्त “तिमी फूल बनेर” भन्ने गीतबाट श्रोता तथा दर्शकहरुको राम्रो प्रतिक्रिया आए पछि यस गीत- “जिन्दगीको भर छैन” बनाउन प्रेरणा मिलेको कुरा गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । उक्त “तिमी फूल बनेर” गीत जस्तै यस “जिन्दगीको भर छैन” गीतलाई पनि मन पराउनुहुनेछ भन्नेमा गीतकार जगदिश गुरुङ विश्वास्त छन । र, यस गीतमा पनि प्रतिकृया- लाइक, कमेन्ट, शेयर गरिदिनुहुन दर्शक तथा श्रोताहरुलाई अनुरोध गरेका छन ।



