
२०औ गोर्खा कप २०२२ भब्य रुपमा सम्पन्न, केन्ट FC र ब्रिगेड ब्वायज क्लब बिजयी
ईन्द्र घोथाने
४ जुन २०२२ । ह्याम्पसायर, अल्डरसट ।
तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम- २०औ गोरखा कप २०२२ भब्य अनि सभ्य रुपमा सुसम्पन्न भएको छ । बेलायत अल्डरसट स्थित कुइन्स एभेन्यु खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा युथ तर्फ ३२, भेटरानतर्फ ८ र महिला २ टीम गरेर जम्मा ४२ टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा युथ तर्फ केन्ट FC, भेटरानतर्फ पुन: ब्रिगेड ब्वायज क्लब र महिलातर्फ मनोक्रान्ती महिला टीम यूके बिजयी भएका छन । युथ तर्फ दोस्रो राङभाङ समाज यूके र भेटरानतर्फ ईलाम FC दोस्रो भएका छन । त्यस्तै महिलातर्फ “म खेल्छु लेडिज FC” उपबिजेता बने । युथ तर्फ केन्ट FCको इभान गुरुङ सर्बोउत्कृष्ट खेलाडी बने भने भेटरान तर्फ यसबर्ष पनि मिलन चन्द्र राइ सर्बोउत्कृष्ट खेलाडी भए । त्यस्तै युथतर्फ उत्कृष्ट टिम म्यानेजर वा प्रशिक्षक प्रेम गुरुङ घोषित भए भने भेटरान तर्फ खुम गुरुङ उत्कृष्ट टिम म्यानेजर वा प्रशिक्षक घोषित भए । महिलातर्फको उत्कृष्ट खेलाडी भने काजा भईन ।
फुटबलको साथसाथै यस बर्ष ठेलो खेल पनि भएको थियो । ठेलो पनि युथ र भेटरान छुट्टाइएको थियो, जस अन्तर्गत युथतर्फ निरज गुरुङ प्रथम र मान बहादुर गुरुङ दोस्रो भएका छन । त्यस्तै भेटरानतर्फ क्रमश: श्याम गुरुङ प्रथम र आश बहादुर गुरुङ दोस्रो भए ।

बिजयी खेलाडीहरुलाई तमु धि यूकेका अध्यक्ष हित काजी गुरुङ तथा भुपु पदाधिकारीहरुले नगद पुरुस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । बेलायतमा सफल तथा चर्चित नेपाली ब्यवसायीहरु- गोर्खा मोर्गेजेज्, वाइबीसी, आइएमइ लन्डनले यसपटकको पुरस्कारहरु प्रायोजन गरेका थिए । त्यस्तै बिजयी खेलाडीहरुलाई अध्यक्ष हित काजी गुरुङ, पुर्ब अध्यक्षहरु, तमु धि यूकेका पदाधिकारीहरु र प्रायोजकहरुद्वार पुरुस्कार बितरण गरेको थियो ।
सधैंको जस्तो यसपटक पनि प्यारासुट डिस्प्ले, तमु (गुरुङ) परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल, सयपत्री सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि मुख्य आकर्षण रहे । त्यस्तै चर्चित क्लब टोटेनहम हटस्परमा आवद्ध फुटबलर सुश्री अस्मिता आले पनि सहभागी भएकी थिइन् ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथी रसमोर बरो मेयर काउन्सिलर जोन मार्सले आफ्नो क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थितिप्रति प्रसन्न हुंदै नेपालीले रसमोरलाई क्रियाशिल बनाइरहेको बताए । त्यस्तै विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गोर्खा कपले नेपाली कला संस्कृति र परम्परा जगेर्ना एवं प्रवर्धनमात्र होइन्, यसले बेलायती समुदायसंग अन्तरघुलनका लागि विशेष भूमिका खेलेको बताइन् ।
औपचारिक कार्यक्रमको अध्यक्षता तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब परशुराम गुरुङले संचालन गरेका थिए भने गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेले स्वागत मन्तब्य दिएका थिए । आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै सबैको सहयोग र सहभागिताको निम्ती धन्यवाद दिए । गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी, सहयोगदाता, मिडिया एवम् समुदायलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बेलायती भेट्रान मिनिष्टर लियो डोकर्टी, प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, काउन्सिलरहरु प्रवेश केसी, जीव बेल्वासे, जित रानाभाट, लक्ष्य गुरुङ, विष्णु गुरुङ,नेम थापा, मगर संघ यूके अध्यक्ष सीता पुन, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दिपक श्रेष्ठ लगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु अनि नेपाली दुतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अन्य प्रमुख ब्यक्तित्वहरुमा मिलिटरी एट्याची रत्न बहादुर गोदार, ले कर्नेल टोल खाम्चा, ले कर्नेल देबिंद्र आले पनि उपस्थित थिए ।
त्यस्तै तमु धिं युकेका संस्थापक अध्यक्ष मिन गुरुङ, पुर्ब अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु पत्रकार तथा गैर नेपालीहरुको उपस्थिति रहेको थियो ।
यस पटकको गोर्खा कपमा अनुमानित दश देखी पन्ध्र हजार दर्शकहरु उपस्थित भएको कुरा आयोजक संस्था तमु धिं यूकेले जनाएको छ ।


स्मरण रहोस्- गोर्खा कपको लागि तमु धिं युकेको कार्यसमिती र थुप्रै स्वयमसेवकहरुले एकदमै मेहिनेत र परिश्रम गरेका हुन्छन । बिशेष गरेर कार्यक्रम पुर्ब पुरै एक दिनको तयारी र कार्यक्रम पश्चात पुरै एक दिन क्लियरेन्सको लागि समय खर्चेका हुन्छन ।









