
नाटकिय खेलमा सिटीलाई हराउँदै रियाल मड्रिड फाईनलमा
म्यान्चेस्टर सिटीलाई प्रतियोगिताको इतिहासमा सबैभन्दा नाटकीय पुनरागमन गर्दै रियाल मड्रिड च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनारगमन गर्दै रियलले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो । बुधबार राती सम्पन्न च्याम्पियन्स् लिग अन्तर्गत सेमिफाईनलको दोश्रो लेगमा सिटीलाई ३–१ र समग्रमा ६–५ गोल अन्तरले हराउँदै रियालले फाईनलमा स्थान पक्का बनाएको हो ।
पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले दोस्रो लेगमा ३–१ गोलले पराजित हुन पुग्यो । समग्रमा रियल ६–५ गोल अन्तरका साथ फाइनलमा पुगेको हो । निक्कै प्रतिस्पर्धात्मक र रोचक बनेको खेलको पहिलो हाफमा दुबै टोली गोलरहित बराबरीमा रोक्किएका थिए । तर खेलको ७३औं मिनटमा बर्नार्डाे सिल्भाको असिस्टमा रियाद महारेजले गोल गर्दै सिटीलाई फाईनलमा पुर्याउने ढोका खोलेका थिए ।

यसपछि खेलको ९०औं मिनटमा करिम बेन्जेमाको पासमा रोड्रिगोले गोल गर्दै रियाललाई खेलमा फर्काउँदै १–१ गोलको बराबरी अवस्थामा पुर्याउँदै खेललाई अतिरिक्त समयसम्म धकेल्न बाध्य बनाएका थिए । खेलको ९३औं मिनटमा लिभरपुलका डिआजले बेन्जेमालाई बक्सभित्र फाउल गरेपछि रेफ्रिले रियालाई पेनल्टीतर्फ ईशारा गरेका थिए । उक्त अवसरमा बेन्जेमा आफैले पेनल्टीमा गोल गर्दै रियाललाई ३–१ गोलको नाटकिय जित दिलाउँदै फाईनलमा पुर्याए ।
अब रियालले मे २८ तारिखका दिन च्याम्पियन्स् लिगको उपाधिका लागि लिभरपुलसँग खेल्नेछ ।


