गुरुङ (तमु) समाज स्विन्डोनको अध्यक्ष्यमा श्रीमती तीजु गुरुङ निर्बाचित
स्विन्डन । स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङलाई निर्वाचित गरेको छ ।
मध्यान्ह एक बजे देखी शुरु भएको कार्यक्रमको पहिलो सत्र – दशौ वार्षिक साधारण सभामा समाजको कोषाध्यक्ष याम गुरुङले समाजको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो भने निबर्तमान अध्यक्ष सेतु गुरुङले यस बर्ष समाजले सम्पन्न गरेका बिभिन्न कृयाकलापबारे जानकारी तथा समिक्षा गर्नुभएको थियो । साथै समाजले सुधार गर्नुपर्ने कुराहरु पनि सुझाबस्वरुप कार्यक्रममा प्रस्तुत गरिएको थियो । त्यस्तै समाजको सल्लाहकार क्याप्टन ईमान गुरुङले बिधान संशोधन सम्बन्धि प्रकाश पार्नु भएको थियो । समाजको दशौ साधारण सभाको अध्यक्षता निबर्तमान अध्यक्ष सेतु गुरुङले गर्नुभएको थियो भने बैठक सञ्चालन निबर्तमान उपाध्यक्ष हेम गुरुङले गर्नुभएको थियो।
त्यस्तै, दोस्रो सत्र अन्तर्गत समाजको पाँचौ अधिबेशनले आगामी कार्यकालको लागि कार्यसमिति चयन वा निर्वाचन गरेको थियो र आमा समुहको तेस्रो कार्यसमिति पनि चयन गरिएको थियो । बि.एफ.बि.एस. गोरखा रेडियोका पुर्व महाप्रभन्धक खेम गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले समाजको अध्यक्षमा श्रीमती तीजु गुरुङ, उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महिला उपाध्यक्षमा श्रीमती लिला गुरुङ, महासचिबमा भीम (महेन्द्र) गुरुङ, सहायक महसचिबमा देब कुमार गुरुङ, कोषाध्यक्षमा याम कुमार गुरुङ तथा सह-कोषाध्यक्षमा खगेन्द्र गुरुङ निर्बाचित/चयन भएको घोषणा गर्नु भएको थियो । नव-निर्बाचित पदाधिकारीहरुलाई निर्वाचन आयुक्त खेम गुरुङले शपथ ग्रहण गराउनु भएको थियो ।
त्यस्तै अधिबेशनले समाजको लागि सजिलो होस् भनी बिभिन्न क्षेत्रहरुबाट प्रतिनिधिहरु पनि चयन गरेका छन्, जस अन्तर्गत भरत गुरुङ- एबे मीड तथा ट्याड्पोल भिल्लेज गार्डन, याम राज गुरुङ- पार्क नोर्थ, मान सिंह गुरुङ- पार्क साउथ, धन बहादुर गुरुङ- गोर्स हिल । त्यस्तै, समाजको संचार संयोजकमा हरी सुर्य गुरुङ, मनोरन्जन तथा साँस्कृतिक संयोजकमा दिपेश गुरुङ, खाना ब्यवस्थापकमा लोकमान गुरुङ र जिन्सी ब्यवस्थापकमा कृष्ण गुरुङलाई चयन गरेका छन् ।
त्यस्तै हिजै सम्पन्न पाँचौ अधिबेशनले समाजको आमा समुहको अध्यक्षमा श्रीमती जया गुरुङ, उपाध्यक्षमा श्रीमती लक्ष्मी गुरुङ, महासचिबमा श्रीमती पिना गुरुङ, उप सचिबमा श्रीमती कुनु माया गुरुङ, कोषाध्यक्षमा श्रीमती सखी गुरुङ र सह-कोषाध्यक्षमा श्रीमती लालु गुरुङलाई निर्बाचित/चयन गरेको छ ।
नव-निर्वाचित कार्यसमितिलाई समाजका निबर्तमान अध्यक्ष सेतु गुरुङ र निबर्तमान आमा प्रमुख श्रीमती मीना गुरुङले पुष्प गुच्छा र खादाले बधाई तथा शुभकामना दिनुभएको थियो। नयाँ कार्यसमितीको कार्यकाल तीन बर्षको हुनेछ । यूकेका अन्य सामाजिक संस्थाहरु जस्तै तमु समाज स्विण्डोनले पनि बिभिन्न सामाजिक परोपकारका कामहरु गर्दै आइरहेका छन ।