एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई आभर, छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं
काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गर्दछ गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराउनु भएको हो ।
सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको जनाइएको छ । साथै मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको बताउनुभयो ।
यसै क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकारले धन्यबाद व्यक्त गरेको छ ।
छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं
त्यस्तै नेपाल सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै छिमेकी देशलाई भूभाग प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएको हो ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ। ‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभा सम्मानीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
आइतबार भएको प्रतिनिधिसभा बैठकले ५० करोड अमेरिकी डलर सहयोग सञ्चालन गर्ने परियोजना एमसीसी सम्झौतालाई अनुमोदन गरेको थियो । त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको छ ।’
अमेरिकासँग भएको एमसीसी सम्झौतालाई चीनले ‘पाण्डोराज बक्स’ भन्दै टिप्पणी गरेको थियो ।