आँधी “युनिस”को कारण बेलायतमा तीन जनाको मृत्यु, तीस बर्षा यताकै शक्तिशाली आँधी
बेलायतमा तीस वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको “युनिश” आँधीका कारण दुई जनाको मृत्यु र जनजीवन प्रभावित भएको छ । उत्तरी लण्डनमा ३० वर्षकी एक महिलाको कारमा रुख ढल्दा मृत्यु भएको थियो भने मर्सीसाइडमा ५० वर्षका एक पुरुषको आँधीले उडाएर ल्याएको बस्तु (भग्नावशेष) कारको झ्यालमा ठोक्किँदा मृत्यु भएको थियो ।
हाईगेट, उत्तर लन्डनका पुलिसललाई मध्यान्ह ४ बजेतिर कारमा रूख खसेको भनी घटनाबारे जानकारी गराएको थियो र तत्काल घटनास्थल पुग्दा महिला यात्रुको मृत्यु भइसकेको थियो भने तीस बर्षे पुरुष चालकलाई भने अस्पताल लगिएको थियो । मर्सीसाइडमा मृत्यु भएको पुरुष भने अन्यत्र जाँदै गर्दा बाटोमा दिउसो २:१० बजे आँधीले उडाएर ल्याएको बस्तु (भग्नावशेष) चोटले मृत्यु भएको थियो, उनलाई घटनास्थलमा स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेको थियो तर पछी घोषित गरिएको थियो । चालकलाई भने चोटपटक लागेको छैन ।
त्यस्तै ह्याम्पशायरको एल्टोनम्मा ढलेको रुखमा ठोकिँदा पिकअप ट्रक भित्र रहेको दुई जना पुरुष मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का पुरुष चालकलाई गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको थियो । त्यस्तै आयरल्याण्डमा पनि आँधीको कारण एक व्यक्तिको मृत्यु भएको छ ।
हुरी बतासको कारण विद्यालयहरू बन्द गर्नुपरेको थियो भने हवाइ उडानहरू र रेल सेवाहरू रद्द अनि बन्द गर्नुपरेको थियो । त्यस्तै आँधीले घरको छानाहरू उडाएको थियो । दक्षिण-पश्चिम इङ्गल्याण्ड र साउथ वेल्सका तटीय क्षेत्रहरू, साथै दक्षिण-पूर्वी इङ्गल्याण्डलाई मौसम कार्यालयले जीवनलाई खतरा हुनुसक्ने भनी “रातो संकेत” सतर्कता तथा मौसमी चेतावनी जारी गरेको थियो । यस् किसिमको जीवनलाई खतरापूर्ण हुने मौसमी चेतावनी वा सतर्कता दुर्लभ मात्रामा मौसम कार्यालयले जारी गर्दछ । त्यस्तै मौसम बिभागले सम्भावित जीवन खतरा हुनसक्ने भनी मिडल्याण्ड्स, दक्षिणी र पूर्वी इङ्गल्याण्ड र वेल्समा “पहेलो संकेत” जारी गरेको थियो ।
आँधीले रूखहरू ढालेको, घरको छानाहरू उडाएको र चर्चको गजुर पनि उडाएको छ । बेडफोर्डमा आफ्नो बच्चासहित रहेकी एक महिलालाई रूखले ठक्कर दिँदा उनी घाइते भएकी छिन् तर बच्चालाई कुनै हानी भएन । विल्टशायरमा एक चालकको अवस्था गम्भीर छ र दुई जना यात्रुहरूलाई ढलेको रूखसँग कार ठोक्किएपछि अस्पताल लगिएको छ । दक्षिणी लन्डन स्थित हेन्ले-अन-थेम्समा रूख ढल्दा र उडाएर ल्याएको बस्तु (भग्नावशेष) लाग्द घाइते भएका छन् । आँधीले लन्डनको चर्चित कार्यक्रम स्थल ओटु एरिनाको केही भाग छाना उडाएको छ ।
आँधीको कारण बेलायतभर यात्राहरु अबरुध्द भएका छन, ठाउँ ठाउँमा रुखहरु ढलेर रेलवेसेवाहरु नराम्ररी प्रभावित भएका छन । रेलवे सेवा प्रादयक तथा यातायात सेवा कम्पनीहरुले यात्रुहरुलाई अतिअवश्यकमा बहेक यात्रा नगरन अनुरोध गरेका थिए, कम्पनीहरुले यात्रुहरुले टिकेट काटीसकेको भए भाडा फिर्ता दिने वा सोही टिकेट भोली सप्ताहन्तमा प्रयोग गर्न सकिने कुरा जनाएका छन ।
९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘युनिस’ आँधीलाई लक्षित गरी सरकारले देशका विभिन्न भागमा उच्च सतर्कताको लागि अपिलसहित ‘रेड अलर्ट’ जारी गरेको थियो । यसअघि लन्डनका मेयर सदिक खानले पनि लन्डनबासीलाई सतर्कता रहन अनुरोध गरेको थियो । बेलायतमा तीस बर्ष यता यस किसिमको शक्तीशाली आँधी आएको हो ।