प्रतिनिधि फेरिएको भन्दै एनआरएनए यूकेका ७ आइसीसी सदस्यको असुन्तुष्टी [विज्ञप्तिसहित]
लन्डन । बेलायतबाट निर्वाचित ७ जना एनआरएनए आइसीसी सदस्यहरुले गत अक्टोबरमै हुनुपर्ने गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा निर्वाचन आजसम्म पनि नभएकोमा असन्तुष्टि जनाएका छन् ।
सात आइसीसी सदस्य; दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनालले हिजो फेब्रुअरी १२ तारिख २०२२ शनिबार भर्च्युअल कार्यक्रम गरेर संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निर्वाचन र महाधिबेशन बिलम्ब हुँदा सर्वत्र निराशा छाएको जनाएका छन् ।
सहाभागी आइसीसी सदस्यहरुले गैरआवासीय नेपाली संघ यूकेको निवर्तमान कार्यसमितिले विधान अनुरुप नै केन्द्रमा सिफारिस गरेको तर महाधिवेशन प्रतिनिधिहरुको नाम रोक्ने, हटाउने तथा तोडमोड गर्ने लगायतका षड्यन्त्र भइरहेको पाइएको दावी गर्दै संघको महाधिवेशन र बेलायतस्थित नेपाली समुदायको भावनाअनुरुप ती प्रतिनिधिहरुलाई मान्यता दिनुको अर्को विकल्प नरहेको समेत जनाए । साथै, उनीहरुले अन्य माध्यमबाट सिफारिस भएका प्रतिनिधिहरुको नाम समेत तत्काल खारेज गर्न माग गरेका छन् ।
बिज्ञप्ति –