नेपाली काँग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त
काठमाडौँ — कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ ।
पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी थिए । उनलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । विधानअनुसार सभापतिले पार्टीको प्रवक्ता नियुक्त गर्न पाउने व्यवस्था छ । त्यहीअनुसार देउवाले पार्टीको प्रवक्तामा महतलाई नियुक्त गरेका हुन् ।
देउवाका परराष्ट्र र आन्तरिक राजनीतिका रणनीतिक सहयोगीसमेत रहेका महत पूर्वपरराष्ट्रमन्त्री समेत हुन् ।